इन्टरनेटमा २५ प्रतिशत छुट दिन सकिदैन : आइस्पान

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १९, बुधबार,०४:२७:PM  
इन्टरनेटमा  २५ प्रतिशत छुट दिन सकिदैन : आइस्पान

काठमाडौं . नेपाल दुरसञ्चार प्राधिकरणको निर्देशनमा जवाफ फर्काउदै इन्टरनेट सेवा प्रदायकहरुले कोरोना भाइरस प्रभावित ग्राहकहरुलाई २५ प्रतिशत छुट दिन नसकिने बताएका छन् । इन्टरनेट सेवा प्रदायक संघ, नेपाल (आइस्पान) ले बुधबार एक विज्ञप्ति जारी गर्दै अहिलको अवस्थामा ग्राहकहरुलाई २५ प्रतिशत छुट दिन नसकिने बताउदै उल्टै सरकारसँग राहत प्याकेज उपलब्ध गराईदिन अनुरोध समेत गरेका छन् ।

लकडाउनले गर्दा इन्टरनेटको माग उच्च भएको र त्यसले आर्थिक भार बढेपननि मूल्य वृदि नगरि  कारोबारहरु बन्द भएको र मानिसहरुले घरबाट नै काम गरिरहेको हुँदा इन्टरनेटको प्रयोग सामान्य अवस्थामा भन्दा ४० देखि ५० प्रतिशत उच्च भएको बताइएको छ ।

सेवाप्रदायकले  ग्राहक रकम समेत नउठेको तर सेवा मर्मत संभार तथा ब्याण्डविथको रकम भने तिरिरहेको नियामकलाई जानकारी गराउँदै कर्मचारीहरुलाई नियमित तलब भत्ता उपलब्ध गराउन, बैकको साँवा ब्याज तिर्न समेत कठिन हुनसक्ने  पत्रमा भनिएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top