जैमिनि नगरले गर्य‍‍ो निर्णय कार्यान्वयनमा आलटाल, दैनिक ज्यालादारी मजदुरले पाएनन् राहत

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत २८, शुक्रबार,१२:४९:PM  
जैमिनि नगरले गर्य‍‍ो निर्णय कार्यान्वयनमा आलटाल, दैनिक ज्यालादारी मजदुरले पाएनन् राहत

बागलुङ। बागलुङको दक्षिणी क्षेत्र जैमिनि नगरपालिका भित्रका दैनिक ज्यालादारी मजदुरले अझैपनि राहत पाउन सकेका छैनन्। यसअघि नगर कार्यपालिकाको बैठकले  नगरभित्र दैनिक ज्यालादारी गर्नेलाइ राहत दिने निर्णय गरेपनि अहिलेसम्म पनि राहत पाउन नसकेको नगरबासीको गुनासो छ । 

नगरबाहिरबाट श्रमका लागि आएका मजदुर र सुकुम्बासीले छिटफुट राहत पाएपनि ज्याला मजदुरी गर्ने श्रमिकले भने राहत पाउन सकेका छैनन् । सरकारले घरबाट ननिस्कन भन्दै गरेको बन्दाबन्दीका कारण दैनिक ज्याला गरेर विहान बेलुकी छाक टार्ने व्यक्ति मारमा छन् । उनीहरु लामो समय देखि राहतको पर्खाइमा भएपनि अहिलेसम्म नआउँदा निराश छन् ।  

सुकुम्बासी र बाहिरबाट आएर काम गर्ने मजदुरलाई राहत दिएको जैमिनी नगरपालिका(८ का वडाअध्यक्ष विजय शर्माले बताए । उनले नगरभित्रका दैनिक ज्यालादारी मजदुरलाई राहत दिने बिषयमा निर्णय नभएको उनी बताउँछन् । यद्यपि, यसअघिको नगर कार्यसमितिको बैठकले यससम्बन्धी निर्णय गरिसकेको छ । 

जैमिनी नगर कार्यपालिकाले ३० लाखको विपद व्यवस्था कोष खडा गरेपनि वास्तविक पीडितले राहत पाएका छैनन् । यता, उपभोग्य वस्तु तथा खाद्यान्नको सहज आपूर्तिमा समेत समस्या हुँदा नगरबासीले खाद्यान्न र उपभोग्य सामान पाउन सक्ने अवस्था छैन । खाद्यवस्तु तथा अन्य सामान महंगी र कालोबजारी हुँदा पनि स्थानीय सरकारको उपस्थिति छैन्  ।

अधिकांश पहाडी ग्रामीण बस्ती भएको क्षेत्रमा लकडाउनको प्रभाव कम छ । बागलुङ र गुल्मीको सीमाना पालुङखोला धुस ह‍ो । त्यहाँबाट भारत लगायत अन्य जिल्लाबाट मान्छेहरु बागलुङमा सजिलै भित्रने गरेको स्थानीय बताउँछन् । सीमानामा अझै कडाइ गर्नुपर्ने स्थानीयवासीको माग छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top