सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क र १ थान साबुन निशुल्क 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ वैशाख ९, मङ्गलबार,१२:४७:PM  
सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क र १ थान साबुन निशुल्क 

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले नेपालको अग्रणी ई(कमर्स प्लेटफार्म पेलेस एपसंग सहकार्य गरेको छ ।

सहकार्य अन्तर्गत पेलेस एपको को कुपन सेक्सनको खल्तिबाट सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क र १ थान साबुन निस्शुल्क पाउनेछन् ।

हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको हुँदा, यस समयमा ग्राहकहरुको सुरक्षा र अत्यावश्यक आवश्यकताहरुलाई ध्यानमा राखी पेलेस एपले अत्यावश्यक सामग्रीहरु ग्राहकहरुको घरमै पुर्याउने छ । 

 

 

 

 

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top