लकडाउनको ४८ औ दिन : काठमाडौंमा ट्राफिक जाम (फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ वैशाख २९, साेमबार,०१:०८:PM  
लकडाउनको ४८ औ दिन : काठमाडौंमा ट्राफिक जाम (फोटो फिचर)

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी प्रभाव र नेपालमा देखा परेको संक्रमण नियन्त्रणका लागि गरिएको देशव्यापी लकडाउन अहिले केहि खुकुलो भएको छ । सरकारी कार्यालय, बैंक बित्तिय सस्था तथा केहि उद्योगहरु खोल्ने सरकारको निर्णय भएसँग काठमाडौंका सडकमा सवारी साधन बढ्न थालेका छन् ।

सरकारी कार्यालयका सवारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी कार्यालय ल्याउन र दिउँसो ५ बजेदेखि ६ बजेसम्म फर्किने समय निर्धारण गरिएको छ । त्यस्तै बैङ्क तथा वित्तीय संस्थाको लागि भने बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी ल्याउन र फर्किन भने दिउँसो ३ बजेदेखि ५ बजेसम्म समय दिइएको छ । सोहि कारण लकडाउनको ४८ औ दिन काठमाडौको सडकमा सवारी साधनको चाप अत्याधिक देखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top