पास लिन अनिवार्य कर चुक्ता प्रमाणपत्र चाहिने ? (पास लिन भर्नुपर्ने फारमसहित)

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ४, आइतबार ,१०:४५:AM  
पास लिन अनिवार्य कर चुक्ता प्रमाणपत्र चाहिने ? (पास लिन भर्नुपर्ने फारमसहित)

काठमाडौं । उद्योगीले कर चुक्ताको प्रमाणपत्र देखाएपछि मात्रै सरकारले पास उपलब्ध गराउने भएको छ । यो भनेको सरकारले आफ्ना नागरिकलाई चरम अविश्वास गरेको उदाहरण हो ।

उद्योगीले कर चुक्ता गरेको प्रमाणपत्र अफिसमै थन्किएको अवस्था छ । बारिह निस्किन अनिवार्य पास चाहिन्छ । अफिसमा भएको कर चुक्ताको प्रमाणपत्र कसरी लिएर आउने भन्ने चिन्ता बढेको छ । 

फेरी कतिपय व्यापारीले आन्तरिक राजस्व कार्यालयबाट कर चुक्ताको प्रमाणपत्र पनि नलिइसकेका हुन सक्छन् । यस्तो अवस्थामा के गर्ने ? एक उद्योगीले भने । 

‘उद्योग खोल्छु, पास देऊ भन्दा पनि कर चुक्ता प्रमाणपत्र देखाउनुपर्ने अवस्था आयो,’ ती उद्योगीले भने, ‘सरकारले अविश्वास पनि कतिसम्म गर्न सकेको ।’ एकातिर सरकार आफैले उद्योग खोल्न भनिरहेको अवस्था छ भने अर्कोतिर पास लिन अत्यधिक कडाई गरेको छ । यस्तो अवस्थामा कसरी उद्योग सञ्चालन गर्न सकिन्छ ? 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top