आर्थिक पत्रकारहरुको कोरोना बीमा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ७, बुधबार,०५:१६:PM  
आर्थिक पत्रकारहरुको कोरोना बीमा

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा आवद्ध आर्थिक पत्रकारहरुको कोरोना वीमा गरिएको छ । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल). लिमिटेडमार्फत सेजनमा आवद्ध सदस्यहरुको कोरोना बीमा गरिएको हो । 

सेजनले आफ्ना प्रत्येक सदस्यहरुको ५० हजार रुपैयाँ बराबरको वीमाङ्ग रकमको कोरोना वीमा गराएको छ । बीमापछि सेजनमा आवद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत आर्थिक पत्रकारहरुलाई कोरोनाले पर्ने आर्थिक व्ययभारमा कम जोखीम हुनेछ । 

युनाईटेड इन्स्योरेन्सले यस बन्दावन्दीको अवधीमा डिजिटल प्रविधिको माध्यमवाट बीमा सेवा प्रवाह गरिरहेको जनाएको छ । कम्पनीका अनुसार, हाल आफ्नो २९ वटै शाखा कार्यालयमार्फत मोटर, बीमा अग्नी वीमा, इन्जीनियरिङ्ग वीमा, कृषि तथा पशुपन्छी बीमा लगाएतका वीमा लेखहरु जारी गर्दै आएको छ ।
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top