कोराना भाइरस संक्रमितको संख्या ४४४ पुग्यो 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ८, बिहीबार,०८:२३:AM  
कोराना भाइरस संक्रमितको संख्या ४४४ पुग्यो 

काठमाडौं । थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ४४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बिहीवार बिहान ६ः५० बजे जारी गरेको प्रेस विज्ञप्तिका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि नयाँ सङ्क्रमण पुष्टि भएको हो।

झापा कचनाकवल गाउँपालिका, धनकुटा र धरानका नमुनाहरूमा नयाँ सङ्क्रमण पुष्टि भएको बताइएको छ। नयाँ सङ्क्रमण पुष्टि भएकामा १५ जना झापाको कचनकवल गाउँपालिकाका पुरुषहरू रहेका छन् । धनकुटाका एकजना पुरुषमा र धरानकी एकजना महिलामा सङ्क्रमण पुष्टी भएको बताइएको छ।

प्रदेश १ को मन्त्रिपरिषदको कार्यालयका अनुसार नयाँ थपिएका झापाको कचनकवल गाउँपालिकाका १५ जना संक्रमितहरू सबै केही दिन अघि भारतबाट आएका हुन्। उनीहरू सबैलाई क्वारन्टीनमा राखिएको थियो। त्यहीँबाट स्वाब संकलन गरेर परीक्षणमा पठाइएको थियो।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top