काठमाडौं । सरकारले स्थानीय तहमा रहेको क्वारेन्टिनमा खाद्य वस्तुको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत खाद्य वस्तुको वितरणको व्यवस्था मिलाउने तयारी गरेको छ । विश्व महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस(कोभिड–१९) को असर नेपालमा पनि परेपछि त्यसको नियन्त्रणका लागि स्थानीय तहमा संकमणको आशंका गरि क्वारेन्टिनमा बसेका व्यक्तिका लागि खाद्य वस्तु अभाव हुन नदिन कम्पनीबाट वितरण व्यवस्था मिलाइने भएको हो ।
मुलक रोग र भोकसँग पनि लडिरहेको अवस्थामा खाद्य वस्तुको अभाव हुन नदिन संघ सरकारले प्रदेश र स्थानीय तहसँगको समवन्यनमा खाद्य वस्तुको वितरणको व्यवस्था मिलाउने भएको हो । त्यसका लागि प्रदेश र स्थानीय तहमा कम्पनी मातहतका निकायबाट खाद्य वस्तु पु¥याउन आन्तरिक तयारी गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुचना अधिकारी शर्मिला न्यौपानेले बताइन् । मन्त्रालय र कम्पनीका प्रतिनिधीसँग यस विषयमा छलफल भएको उनले बताइन् । तर, तत्काल निर्देशन भने आइ नसकेको उनले बताइन् ।
कम्पनीले कोरोना भाइरसको बेला खाद्य संकट टार्न चामल र गहुँ खरिद गर्ने योजना बनाएको छ । अहिले १ लाख ६६ हजार क्विन्टल चामल र गहुँको मौज्दात छ ।
त्यस्तै, १ लाख क्विन्टल चामल खरिदका लागि टेन्डर गरि खरिद कार्य अघि बढेको कम्पनीले जनाएको छ । यता, ३० हजार क्विन्टल गहुँ उत्पादक किसानबाट खरिद गर्ने योजना छ ।
सो खाद्य वस्तु विभिन्न स्थानीय तहमा र अभाव भएका ठाउँमा पु¥याइने छ । यता, उद्योग राज्यमन्त्री मोतीलाल दुगडले कोही पनि रोग र भोक मर्न नपर्ने गरी सरकारले विभिन्न संघसंस्था र सरकारी निकायबाट वितरण व्यवस्था अघि बढाएको बताए । ‘सरकारको नीति तथा कार्यक्रममा पनि भोकले कोही मर्दैन, भौकै पर्दैन भन्ने नारा छ’ उनले भने, ‘त्यसका लागि हामीले सरकार, निजी क्षेत्र र दातृ निकायसँग समन्वय गरी राहत र वितरण व्यवस्थापन मिलाइरहेका छौं । अहिलेसम्म कुनै समस्या छैन् ।’