कोरोना भाइरस संक्रमितको संख्या ४५७ पुग्यो 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ८, बिहीबार,०४:४३:PM  
कोरोना भाइरस संक्रमितको संख्या ४५७ पुग्यो 

काठमाडौं । नेपालमा कोरोना संक्रिमतको संख्या ४५७ पुगेको छ । बिहीबार भेरी अस्पताल नेपालगन्ज र  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा बाँकेका २ र कपिलवस्तुका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

बाँकेका नरैनापुर ३ निवासी ३२ वर्षीय पुरुष र खजुरा ३ निवासी ४२ वर्षीया महिलालाई तथा कपिलवस्तुको सुद्दोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह्प्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।

उनकाअनुसार हालसम्म नेपाल संक्रमित पुष्टि भएकाहरुमध्ये ४९ जना निको भएर घर फर्किसकेका छन । ३ जनाको मृत्यु भएको छ ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top