संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने मन्त्रिपरिषदको निर्णय 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ९, शुक्रबार,०१:१७:PM  
संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने मन्त्रिपरिषदको निर्णय 

काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने भएको छ । संविधानको अनुसूचीमा भएको निशान छापमा रहने नेपालको नक्सालाई पनि नयाँ नक्साअनुसार बनाउन संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले जेठ १३ मा संसद बस्नु अगावै संशोधन दर्ता गर्ने निर्णय गरेको हो । संविधानको अनुसूची ३ मा नेपालको नक्सा र निशान छाप सम्बन्धि व्यवस्था छ । अब नेपालको निशान छापमा पनि सरकारले बुधबार जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा हुनेछ ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top