अनिल अम्बानी गम्भीर आर्थिक संकटमा, चिनियाँ बैंकलाई साढे ५४ अर्ब भारु तिर्न वेलायत उच्च अदालतको आदेश

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ १०, शनिबार,०६:२०:PM  
अनिल अम्बानी गम्भीर आर्थिक संकटमा,  चिनियाँ बैंकलाई साढे ५४ अर्ब भारु तिर्न वेलायत उच्च अदालतको आदेश

मुम्बई । वेलायतको उच्च अदालतले भारतीय रिलायन्स ग्रुपका अध्यक्ष अनिल अम्बानीलाई ७१ करोड ७० लाख अमेरिकी डलर अर्थात ५४ अर्ब ४८ करोड भारु ३ ओटा चिनियाँ बैंकलाई तिर्न आदेश दिएको छ ।

अदालतले ऋण रकम २१ दिनभित्र तिर्न अनिल अम्बानीलाई भनेको छ । ऋण असुली तथा व्यक्तिगत जमानीको विषयलाई लिएर ३ ओटा चिनियाँ बैंक र अनिलबीचको विवाद वेलायतको अदालतले टुङ्गाइ दिएको छ ।

यसको विरुद्धमा अनिलले आगामी दिनमा कसरी अघि बढ्ने भनेर कानूनी परामर्श लिइरहेको उनका प्रवत्ताले बताएका छन ।

इन्डष्ट्रियल एन्ड कमर्शियल बैंक अफ चाइना लिमिटेड, चाइना डेभलपमेन्ट बैंक र एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइनाले ७० करोड ८० लाख डलर ऋण र सोको ब्याज भुक्तानी नगरेको दावी गर्दै रिलायन्स कम्युनिकेसनको विरुद्धमा वेलायतको उच्च अदालतमा मुद्धा दायर गरेका थिए । अनिलले सो कर्जाको व्यक्तिगत जमानत बसेका थिए ।

यदी अनिलले ३ साताभित्र सो रकम नतिरेमा फैसला कार्यन्वयन लागु गराउने जोड दिने छन । यस्तै इङ्गल्याण्ड र वेल्सको उच्च अदालतको व्यापारिक विभागका न्यायधीश निगेल टेरले ७ लाख ५० हजार पाउन्ड अदालतको शुल्क भुक्तानी गर्न आदेश दिएका छन ।

गत फेब्रुअरीमा वेलायतको अदालतले अनिललाई १० करोड डलर ६ महिनाभित्र भुक्तानी गर्न अन्तरिम आदेश दिएको थियो । कम्पनीको खुदसम्पत्ति शुन्यमा पुगेपछि पनि अदालतले अनिलको दावीलाई अस्वीकार गरेको छ ।

यदी परिवारले सहयोग नगरेमा उसलाई सो रकम तिर्न गाह्रो पर्ने बताइएको छ । ४६ हजार करोड भारु ऋण भएपछि अनिलको आरकम कम्पनी टाट पल्टिएको छ ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top