शनिबार थप ७५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९१ पुग्यो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ १०, शनिबार,०८:२७:PM  
शनिबार  थप ७५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९१ पुग्यो

काठमाडौं । शनिबार साँझ नेपालमा थप ७ जना कोरोना संक्रमित थपिएका छन्।  योसँगै नेपालमा संक्रमितको संख्या ५९१ पुगेको छ। शनिबार बिहान ३२ जना, दिउँसो ३६ जना संक्रमित थपिएका थिए। बैशाखको अन्तिम सातादेखि कोरोना भाइरस संक्रमण बढ्दै गएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा.राजेन्द्र गिरीले शनिबार साँझ थपिएका संक्रमितमा रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। गुल्मीका संक्रमित यसअघि मृत्यु भएका ४१ वर्षीय शिक्षकको कन्ट्याक्ट ट्रेसिङमा भेटिएका हुन्।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी समाचार बाट थप

Top