प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १, साेमबार,०६:३०:PM  
प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड

काठमाडौं ।   प्रदेश ५ सरकारका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोख्रेलले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३६ अर्ब  ४१ करोड  ६८ लाखको बजेट प्रस्तुत गरेका छन् । 

उनले कुल विनियोजनमध्ये चालु तर्फ १३ अर्ब १५ करोड ५ लाख । पुँजीगत तर्फ १८ अर्ब ५७ करोड ६४ लाख छुट्याएको बताएका छन् ।  यस्तै वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय तहलाई सशर्त अनुदान १ अर्ब ३८ करोड ९८ लाख,  वित्तीय समानीकरण अनुदान ५० करोड, समपूरक अनुदान १ अर्ब ५० करोड, विशेष अनुदान १ अर्ब गरी कुल ४ अर्ब ३८ करोड ९८ लाख विनियोजन गरेको बताए ।  

प्रदेश ५ ले चालु आर्थिक वर्षमा खर्च गर्न नसकेको ५ अर्ब आगामी आर्थिक वर्षका लागि स्रोत व्यवस्थामा छुट्याएको छ । आन्तरिक राजश्वबाट ४ अर्ब ५९ करोड ४० लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख तथा रोयल्टी बाँडफँडबाट ३० करोड व्यवस्थापन गर्ने उनले बताए ।

यस्तै वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड १ लाख, सशर्त अनुदानबाट ७ अर्ब ७७ करोड ४ लाख, समपूरक अनुदानबाट ६० करोड  र विशेष अनुदानबाट ५० करोड स्रोत व्यवस्थापन गरिने उनले बताए ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top