बैंकमा निक्षेप १७० अर्ब बढ्यो, लगानीको समस्या छैन- गभर्नर अधिकारी 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १०, बुधबार,०३:०२:PM  
बैंकमा निक्षेप १७० अर्ब बढ्यो, लगानीको समस्या छैन- गभर्नर अधिकारी 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बन्दबन्दी (लकडाउन) का अवधिमा बैंकहरुमा निक्षेप बढेकाले लगानीका लागि पैसाको समस्या नहुने बताएका छन ।

उनले चैत ११ देखि हालसम्म बैंकिङ प्रणालीमा १ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप बढेको जानकारी दिए । यसबीचमा रेमिट्यान्स आप्रवाह अपेक्षा गरिएको भन्दा बढी भएकाले बैंकिङ प्रणालीमा निक्षेप बढेको गभर्नर अधिकारीले सुनाए ।

उनले यसबीचमा कर्जा प्रवाह नभएकाले पनि तरलताको अवस्थामा सुधार आएको बताए  । यो बाहेक पुनर्कर्जालगायत अन्य लगानीको उपकरण केन्द्रीय बैंकसंग रहेको अधिकारीले जानकारी दिए । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top