बैंकर अशोक शेरचनको देशभक्ती गीत 'जय जय नेपाल' सार्वजनिक (भिडियो)

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १४, आइतबार ,०८:५६:PM  
बैंकर अशोक शेरचनको देशभक्ती गीत 'जय जय नेपाल' सार्वजनिक (भिडियो)

सरकारले लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेपछि अभूतपूर्व राष्ट्रिय एकता देखिरहेकै बेला प्रभु बैंकका सीईओ अशोक शेरचनले सोहि खुशीमा देशभक्ती गीत सार्वजनिक गरेका छन् । 

शेरचनले लेखेको गीत जय जय नेपालमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रविशा अधिकारी, प्रताप दास र विपिन घिमिरेको स्वर रहेको छ । अलिश कार्कीले संगीत भरेको गीतमा म्युजिक एरेन्ज शैलेन्द्र एम प्रधानले गरेका छन् । 

भिडियोमा प्रदीप खड्का र नीति शाहले पनि अभिनय गरेका छन् । नितिन चन्दको निर्देशन रहेको भिडियोमा रुपेश थापाको क्यामेरा र सम्पादनको काम रहेको छ । 

बैंकर शेरचनले यसअघि कोरोनाले त्रासमा रहिरहेको आशा जगाउने गीत सुनौलो बिहानी फर्किनेछ सार्वजनिक गरेका थिए । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कला / साहित्य बाट थप

Top