काठमाडौं । आईएमएस ग्रुपद्वारा स्मार्टडोको पर्याप्त हिस्सेदारी हासिल गर्न निश्चित सम्झौता गरेको छ । स्मार्टडोको नेपालको एक ठूलो ई–कमर्सप्लेटफर्म हो । कम्पनीले विगतचार बर्ष देखि अधिकृत कम्पनीहरूबाट केवलजेनुवन सामानहरू अर्डर गर्न र केही घण्टामैग्राहकको ढोकामा पु¥याउन सहज सुविधा प्रदान गर्दै नेपाली बजारमा काम गरिरहेको छ ।
कम्पनी सुविधा रिंगरोड भित्र निःशुल्क डेलिभरी, रिवार्ड पोइन्ट सिस्टम, स्मार्टडोको एक्सक्लूसिभउत्पादनहरू, सजिलो रिटर्न पोलिसी, छुट कुपन, बहु भुक्तानी विकल्प, आदिहुन् । जसका कारण स्मार्टडोको सबैभन्दा मनपर्ने अनलाइन साइटहरूमध्ये एक मनिन्छ ।
नयाँयुग डिजिटल हुँदै गइरहेको साथसाथै स्मार्टफोन र अनलाइन क्षेत्रमा तिब्र गतिले विश्वव्यापी ई–कमर्समा ठूलो वृद्धि देखिएको छ त्यसैले आईएमएस ग्रुपले स्मार्टडोकोमा थप रुपमा लगानी गर्ने निर्णय गरेको छ ।
सम्पूर्ण विश्वमहामारीको चपेटामा परिरहेको बेलाग्राहकहरु आक्रामक रूपमा अनलाइन सपिंगको प्रयोग गरिरहेको अवस्थामा निकट भविष्यमा ई–कमर्सको व्यवसाय फस्टाउदै गई रहेका देख्छौं ,विज्ञप्तीमा भनिएको छ।
आईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले भने ‘कम्पनीले हालको आवश्यकताहरू सम्बोधन गर्न र डिजिटल वल्र्डको साथजारी राख्न एक क्लिक समाधानप्रदानगर्नकालागि स्मार्टडोकोमालगानीगर्ने निर्णय गरेको छौं ’ ।
‘हाम्रो प्राथमिक उद्देश्य, स्मार्टडोकोको ग्राहक अनुभवमा उल्लेखनीय बृद्धि गर्नु हो , प्रमुख कार्यकारी अधिकृत मलहोत्राले भने हामी ग्राहकहरूको सकारात्मक र नकारात्मक प्रतिक्रियाबाट धेरै सचेत छौं’।
आईएमएस ग्रुपएक स्थानीय समूहहो जसको अन्तर्गत २० भन्दा बढी कम्पनिहरु छन् आईएमएस नेपालमा सामसङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक हो ।