‘५ ओटा उद्देश्यलाई केन्द्रीत गरी मौ‌द्रिक नीति ल्याउ’–नेपाली कांग्रेस

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १, बिहीबार,०३:१२:PM  
‘५ ओटा उद्देश्यलाई केन्द्रीत गरी मौ‌द्रिक नीति ल्याउ’–नेपाली कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले ५ ओटा उद्देश्यलाई केन्द्रित गरेर चालू आर्थिक वर्षको वर्षको मौद्रिक नीति ल्याउनको लागि नेपाल राष्ट्र बैंकलाई सुझाब दिएको छ । पूर्व अर्थमन्त्री डा. रामशरण महत संयोजक रहेको अर्थतन्त्र केन्द्रित विशेष समितिले आर्थिक पुनरउत्थान लगायतका उद्देय पूर्ति गर्ने गरी राष्ट्र बैंकलाई सुझाएको हो ।

दीर्घकालीन आर्थिक वृद्धि, वित्तीय सुधार, भुक्तानी सन्तुलन र नियमन र सुपरीवेक्षण क्षेमता वृद्धि गर्ने गरि मौदिक नीति ल्याउनको लागि आग्रह गरेको हो । संयोजक महतले अहिले विस्तारकारी मौद्रिक नीति ल्याउन आबश्यक रहेको बताएका छन् । उनले पुनर्कर्जा २ खर्ब माथिको पुर्‍याउनको लागि आग्रह गरेका छन् ।

व्याजदर घटाउन आवश्यक रहेको पनि कांग्रेसले जनाएको छ । सरकारले २ खर्ब ५ अर्ब बढीको आन्तरिक ऋण उठाउने लक्ष राखेकोमा निजी क्षेत्रमा जाने ऋणको लागि सहजिकरण गर्नु पर्ने बताएका छन् । गैर आवसीय नेपालीलाई डिपोजिट बढाउने गरीका योजना ल्याउन आवश्यक रहेको उल्लेख गरिएको छ ।

फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर प्राप्ति नभएको व्याजमा कर तिर्नु पर्ने वाध्यतामा सुधार ल्याउन आबश्यक रहेको बताइएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top