चिनीको मूल्य बढेपछि उद्योगी र सरकारबीच छलफल, मूल्य नियन्त्रणमा सरकार चुक्यो 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १६, शुक्रबार,०१:११:PM  
चिनीको मूल्य बढेपछि उद्योगी र सरकारबीच छलफल, मूल्य नियन्त्रणमा सरकार चुक्यो 

काठमाडौं । सरकार आफैले चिनीको मूल्य नियन्त्रण गर्न नसकेको उद्योगीले बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा चिनी उद्योगी र वाणिज्य सचिवबीच भएको छलफलमा उद्योगीले चिनीमा देखिएको मूल्य वृद्धि रोक्न सरकार आफै चुकेको बताएका छन् । 

‘उद्योगीले चिनीको मूल्य बढाएका छैनन् । पुरानै मूल्यमा चिनी उद्योगबाट गइरहेको छ । तर, सरकारले बजारमा मूल्य नियन्त्रण गर्न सकेन्,’ चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले छलफलमा वाणिज्य सचिव बैकुन्ठ अर्यालसँग भने, ‘यदि हामीले बोलेको कुरामा शंका लाग्छ भने बिल उपलब्ध गराउन सक्छौं । तपाईहरुले नै चिनीको मूल्य रोक्न सक्नु भएन ।’ 

बजारमा एक्कासी चिनीको मूल्य बढेपछि सरकारले त्यसम चासो लिए पछि प्रभावकारी रुपमा बजार अनुगमन गर्न नसकेको छलफलमा उद्योगीले बताएका छन् । 

सचिव अर्यालले बजारमा चिनीको मूल्य बढ्नुको कारण बुझ्नका लागि उद्योगीलाई मन्त्रालयमा आज छलफल बोलाइएको थियो । अहिले बजारमा चिनी ८५ रुपैयाँ केजी पुगिसकेको छ । तपाईहरुले नै बढाएर बजारमा पठाएको हो कि खुद्रा व्यापारीले बढाएका हुन भन्ने बारेमा बुझ्न छलफल राखिएको थियो । बजारमा चिनीको अभाव हुन थालेपछि व्यापारीले चिनीको मूल्य बढाएका थिए । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top