आयल निगमले पेट्रोल र डिजेलको भाउ बढायो 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १७, शनिबार,०९:४२:PM  
आयल निगमले पेट्रोल र डिजेलको भाउ बढायो 

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २ २ रुपैयाँका दरले भाउ बढाएको हो ।  

नयाँ मूल्यपछि  डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र १०४ रुपैयाँ कायम भएको  निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको उनले जानकारी दिए ।

अगष्ट १ तारिखमा भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य अनुसार स्वचालित मूल्य समायोजन गरिएको उपाध्यायले स्पष्टपारे । 

मूल्य समायोजनपछि पनि रक्सौल र भारतसंग सीमा जोडिएका शहरको भन्दा पेट्रोल लिटरको ३१ र डिजेल ३६ रुपैयाँ ६९ पैसा नेपालमा सस्तो रहेको निगमले जनाएको छ ।

जुलाई १६ मा प्राप्त मूल्यअनुसार नै निगमलाई पाक्षिक ६ करोड बढी घाटा रहेको प्रवक्ता उपाध्यायले बताए । अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको भाउले निगमलाई हाल पेट्रोलमा १ रुपैयाँ २३ पैसा र डिजेलमा १ रुपैयाँ १५ पैसा घाटा छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top