विश्वकर्मा बाबा पुजाको लागि तयार गर्दै मूर्ति(फाेटाे फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ भदाै ३१, बुधबार,०१:१३:PM  
विश्वकर्मा बाबा पुजाको लागि तयार गर्दै मूर्ति(फाेटाे फिचर)

ललितपुरको गुसिंगलमा आउदो विश्वकर्म पुजाका लागि मुर्ति तयारी अवस्थामा रहेको छ । विभिन्न मेसिनसरी सामान बनाउने र ग्यारेजहरुको लागि अडर अनुसार मुर्ति तयार गरिएको छ ।

प्रत्येक मुर्तिको आकार अनुसार ७००० देखि १६००० सम्म पर्ने मुर्ति कारखाना सञ्चालक श्याम नारायाण पण्डितले बताए । नेपालमा विश्वकर्मा पुजाको विशेष महत्व रहेको छ । विश्वकर्मा पूजाको दिनमा विशेषगरी सवारी साधनहरुको पूजा गर्ने प्रचलन रहेको छ ।

आफ्ना ग्यारेज कारखानालाई सजिसजाउ गरेर विश्वकर्माको मुर्ती स्थापना गरिन्छ र भोलिपल्ट उक्त मुर्तीलाई सेलाउने गरिन्छ । देवताहरुका शिल्पविशेषज्ञ तथा सम्पूर्ण देवताका भवन, हातहतियार लगायत यानहरुका निर्माता विस्वकर्मा ब्रम्हाका पुत्र भएको शास्त्रमा उल्लेख गरिएको छ ।

सोही कारणले गर्दा विश्वकर्माको पूजा रुपमा मान्ने प्रचलन भएको र आ–आफ्ना सम्पूर्ण सवारी साधन,मेशिन कलकारखानामा तथा धातु सम्बन्धि काम गरिने कार्यस्थलमा विशेष पूजाआजा गरिन्छ ।

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top