गाडी र घरलगायत सबै किसिमका आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न निर्देशन 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ३१, बुधबार,०६:४०:PM  
गाडी र घरलगायत सबै किसिमका आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न निर्देशन 

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज मसान्तभित्र कर्जाको स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बुधबार निर्देशन जारी गरी एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको स्थिर ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत आवधिक कर्जाका ब्याजदर परिवर्तन गर्न नपाउने भएका छन । यसले गर्दा बैंकको आम्दानीमा असर गर्ने देखिएको छ ।

ग्राहकले ऋण लिँदाको बखत जति ब्याजदर तय भएको सोही दर नै कर्जाको परिपक्वको अवधिभर लागू हुने निर्देशनमा उल्लेख छ ।

ग्राहक स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधार दर परिवर्तन हुँदा परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा नयाँ ब्याजदर कायम गर्न पाउने भएका छन ।

 व्यक्तिको नाममा प्रवाह भएका तथा हुने घर कर्जा, गाडी कर्जा लगायतका मासिक र आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह हुने १  वर्ष भन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुने केन्द्रीय बैंकले जनाएको छ  ।
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top