दसैंको मुखमा सुनसान बसपार्क(फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ असाेज ११, आइतबार ,०२:४१:PM  
दसैंको मुखमा सुनसान बसपार्क(फोटो फिचर)

काठमाडौं । अघिल्लो वर्ष दसैंका मुखमा निकै चहलपहल हुने बसपार्क क्षेत्र यसपालि भने कोभिङ–१९ का कारण सुनसान बनेको छ । दसैं मान्न घर जानेहरुको चहलपहल बसपार्कमा त्यति देखिँदैन् ।

अग्रिम टिकट बुकिङ खुल्ने/नखुल्ने अन्योलताका कारण पनि बसपार्क क्षेत्रमा त्यति चहलपहल नभएको हो । गत चैत ११ गतेदेखि सरकारले जारी गरेको बन्दाबन्दी(लकडाउन) को बीच अधिकांश मानिसहरु गाउँ गएकाले पनि घर जाने यात्रुहरुको चाप त्यति छैन ।

रोजगारी गुमेका व्यक्तिहरु पहिले नै उपत्यका छाडिसकेका छन् । काेरोना महामारीको संक्रमण बढेसँगै दसैंमा गाउँ फर्कने यात्रुहरु त्यति धेरै नआएको यातायात व्यवसायी बताउँछन् ।

सरकारले असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top