काठमाडौं। खेतबारीमा हल जोत्ने गोरुलाई आज पूजा गरिएको छ। घरआँगनमा गोरूको गोबर भगवनको आकार बनाएर दियो बालिएको छ। आज तिहारको चौथो दिन अर्थात गोवर्धन पूजा र गोरु तिहारका रुपमा लिइन्छ।
हिन्दु पौराणिक कथाअनुसार गोकुल नजिकको गोवर्द्धन पर्वतले भगवान् कृष्ण र गोकुलबसीलाई इन्द्रको क्रोधबाट बचाएको थियो।
कृष्णले भनेका थिए- ‘इन्द्रले वर्षा गर्छ, तर घाँस, अन्न र पानी त यो पृथ्वीले दिन्छ।’ त्यसपछि उनले सबैलाई इन्द्रको सट्टा गोवर्धन पर्वतको पुजा गर्न प्रेरित गरे।
इन्द्र रिसाए, असिना र पानीको वर्षा गराए। तर, कृष्णले आफ्नै हातले पर्वत उठाएर गोकुलका मानिसहरूलाई आश्रय दिए। त्यसै घटनाको सम्झनामा हरेक वर्ष आजको दिन गोवर्धन पुजा गरिन्छ। गोवर्धन केवल कथा होइन, यो मानव र प्रकृतिबीचको सह-अस्तित्वको प्रतीक हो।
त्यसपछि गोरुहरूलाई माला लगाइन्छ। सिङमा रंग लगाइन्छ र मीठा परिकार खुवाइन्छ। कृषकका लागि गोरु केवल पशु होइन।
आज बिहान देशभरका गाउँ शहरमा आँगनमा गोबरको थुप्रो पर्वतजस्तो बनाएर फूल, धूप र दियोले सजाइन्छ।त्यसपछि गोरुहरूलाई माला लगाइन्छ। सिङमा रंग लगाइन्छ र मीठा परिकार खुवाइन्छ। कृषकका लागि गोरु केवल पशु होइन।
खेतबारीका बलिया साथी र श्रमका प्रतीक हुन। तिहारको यो चौथो दिनलाई गोरु तिहार, हल तिहार वा गोवर्धन पुजा पनि भनिन्छ। यसले सिकाउँछ। माटो, पानी, अन्न र पशुप्रतिको आदर गर्नु मानवताको मूल मूल्य हो।
दियोको झिलिमिली उज्यालोमा आजका गाउँबस्तीमा गुञ्जिएको छ। एउटै भावना श्रम र श्रद्धाको सुगन्ध, जहाँ गोवर्धनको कथा र गोरुको पुजा मिलेर प्रकृति र मानवबीचको अमर सम्बन्धलाई उज्यालो बनाउँछन्।