प्रदेश नम्बर ५ को नाम लुम्बिनी र राजधानी दाङको देउखुरीलाई बनाउने प्रस्ताव प्रदेश सभामा पेश 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज १६, शुक्रबार,०४:२३:PM  
प्रदेश नम्बर ५ को नाम लुम्बिनी र राजधानी दाङको देउखुरीलाई बनाउने प्रस्ताव प्रदेश सभामा पेश 

काठमाडौं । प्रदेश नम्बर ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभा बैठकमा दर्ता भएको छ। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले नाम र स्थायी राजधानीको प्रस्ताव शुक्रबार सदनमा पेश गरेका हुन्।

‘दाङ जिल्लाको राप्ती गाउँपालिका, गडवा गाउँपालिका र अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाले ओगटेको राप्ती नदी किनारको देउखुरीलाई प्रदेशको स्थायी राजधानी राख्न प्रस्ताव गरिएको छ । उक्त प्रस्तावमा विपक्षी दल नेपाली कांग्रेसका सांसदले उठेर विरोध गरेका थिए। 

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top