लाइसेन्स प्रिन्ट भए/नभएको यसरी लिनुस् जानकारी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज ३०, शुक्रबार,१२:०२:PM  
लाइसेन्स प्रिन्ट भए/नभएको यसरी लिनुस् जानकारी

काठमाडौं । लाइसेन्सको ट्रायल पास गरेका धेरै सवारी धनीहरु हाल स्मार्ट ड्राइभिङ लाइसेन्स कहिले आउछ भनेर पर्खिरहेका हुन्छन् । कहिले आउँछ र लाइसेन्स आए नअएको हेर्ने तरीका थाहा नपाउने समस्या पनि आउने गरेको छ ।

अहिले यातायात व्यवस्था विभागले अनलाइनबाटै आइसेन्स प्रिन्ट भए नभएको र कहाँ पठाइउको छ भन्ने बिषयमा जानकारी लिन सकिन्छ । यातायात कार्यालयमा यसको वारेमा जानकारी लिन चाहनेहरु बढिरहेका छन् । 
प्राय यातायात कार्यलयहरुले आफ्नो फेसबुक पेज ‘एकान्तकुना लाइसेन्स’ बाट यस सम्बन्धी जानकारी प्रदान गरिरहेका छन् ।

तर आफ्नो मोबाइलबाट म्यासेज पठाएर पनि ड्राइभिङ लाइसेन्सका लागि लिइएको लिखित परीक्षाको नतिजा र आफ्नो स्मार्ट ड्राइभिङ लाइसेन्स तयार भए वा नभएको हेर्न सकिन्छ  । लिखित परीक्षाको नतिजा हेर्नका लागि अंग्रेजीमा डब्ल्युटी लेखेर स्पेस दिए पछि आफ्नो आवेदन दिने बेलाको दर्ता नम्बर लेखी ३१००३ मा एसएमएस गर्न सकिन्छ ।

त्यसैगरी स्मार्ट ड्राइभिङ लाइसेन्स तयार भए वा नभएको थाहा पाउनका लागि अंग्रेजी ठूलो अक्षरमा एलसी लेखी आवेदन दिदाको दर्ता नम्बर लेखेर ३१००३ मा एसएमएस गर्न सकिन्छ । 

त्यसैगरी यातायात कार्यालयको https://www.dotm.gov.np/DrivingLicense/SearchLicense?fbclid=IwAR233juOK18Mu9KJV7z4oN5_a9dZY2ywGTKHv6HfVr3F9brusZUWR09NpHM यो लिङ्कमा गएर आफ्नो नाम र लाइसेन्स नम्बर र मोबाइल नम्बर दर्ता गरेरपनि थाहापाउँन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top