जहाजमा यात्रा गर्दा कोरोना सर्ने जोखिम कम : अध्ययन, १.२ अर्ब यात्रु बाेक्दा ४४ जना मात्रै संक्रमित

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक १, शनिबार,०१:२४:PM  
जहाजमा यात्रा गर्दा कोरोना सर्ने जोखिम कम : अध्ययन, १.२ अर्ब यात्रु बाेक्दा ४४ जना मात्रै संक्रमित

काठमाडौं । हवाइ जहाजमा यात्रा गर्दा कोरोना भाइसर (कोभिड १९) सर्ने सम्भावना कम हुने एक अध्ययनले देखाएको छ । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनले ६ महिना लगाएर गरेको अध्ययनमा हवाइ जहाजमा यात्रा गर्दा कोरोना भाइरस सर्ने सम्भावना एकमदै कम रहेको हो । 

एसोसिएसनले गत जनावरीदेखि गत जुनसम्म गरिएको अध्ययनमा जहाजमा यात्रा गर्नेहरुमा कोरोना भाइसरको संक्रमण कम देखिएको हो । ६ महिनामा विश्वभरका जहाजले १.२ बिलियन मान्छेलाई आवातजावात गराएका थिए ।

ती व्यक्तिमध्ये ४४ जनालाई मात्रै कोरोना पोजेटिभ देखिएको हो । यसैलाई आधार मानेर एसोसिएसनले जहाजमा यात्रा गर्दा कोरोना संक्रमणको डर र जोखिम दुवै कम भएको निश्षर्क निकालेको हो । 

एसोसिएसनले गत मंगलबार सार्वजनिक गरेको अध्ययन रिपार्टअनुसार ठूला जहाज एयरवस, बोइङका साथै जेट इन्जिन जहाजमा हाइ इफिसिएन्सी पाटिकुलेट एयर (हेपा) फिल्टर हुने र त्यसैका कारण कोभिडको संक्रमण कम हुने अध्ययनमा देखिएको छ । 

नेपालमा हेपा फिल्टर भएको जहाज श्री र सौर्य एयरलाइन्स मात्रै हुन् । सौर्यले अहिलेसम्म व्यावसायिक उडानको अनुमति पाएको छैन् भने श्रीले व्यावसायिक उडान भरिरहेको छ । यी बाहेक अन्य जहाजमा हेपा फिल्टर छैन् ।  
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top