वीरगञ्जबाट २३ किलो सुन बरामद, मूल्य १७ करोड 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक १, शनिबार,१०:१८:PM  
वीरगञ्जबाट २३ किलो सुन बरामद, मूल्य १७ करोड 

काठमाडौं । वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट शनिबार पर्सा प्रहरीले १७ करोड रुपैयाँ भन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले  गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्लाटमा छापा मारी २३ किलो २५७ ग्राम सुन बरामद गरेको हो ।

भारत, विहारको रक्सौलस्थित हरैया निवासी अशोक सिन्हा बस्दै आएको फ्ल्याटमा अवैध सुन राखिएको पूर्वसूचनाका आधारमा कारबाही गर्दा १ किलो १०० ग्रामलगायत विभिन्न तौलका २३ किलोभन्दा बढी सुन र २ किलो २६२ ग्राम चाँदीका भाँडा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रउ पन्तले बन्द फ्ल्याटको दुई दिनसम्म निगरानी गरिए पनि कोही नआएपछि आज जनप्रतिनिधिको रोहबरमा ताल्चा फुटाई जाँच गर्दा उक्त परिमाणका  सुन र चाँदी बरामद भएको बताइन् ।।  सोक्रममा केही सुनसंँगै जोडिएका केही कागजातसमेत बरामद भएको र अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top