उदयपुरमा जिप दुर्घटना, ५ को मृत्यु 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक २, आइतबार ,०८:३३:AM  
उदयपुरमा जिप दुर्घटना, ५ को मृत्यु 

काठमाडौं । सिद्धिचरण लोकमार्गस्थित उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर छ  ।

भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो जिप शनिबार राति १२ बजे दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले जानकारी दिए । गाडी सडकबाट करिब ९०० मिटर तल खसेको उनले बताए ।

दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

मृतक अन्य तीन जनाको पहिचान हुन बाँकी छ ।  ब्रेक फेल भएर स्कारपियो दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

दुर्घटनामा परेर ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top