जो ७० मा टायर्ड पनि छैनन्, रिटायर्ड पनि छैनन् 

account_box सुवास योञ्जन ,
प्रकाशित: २०७७ कात्तिक १५, शनिबार,०८:११:AM  
जो ७० मा टायर्ड पनि छैनन्, रिटायर्ड पनि छैनन् 

काठमाडौं । सनराइज बैंकका अध्यक्ष एवं एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड ७५ वर्षका भए । जीवनका ७५ औं वर्षमा पनि न उनी ‘टायर्ड’ छन्, न त ‘रिटायर्ड’ नै । उनी युवा जुझारु पुस्तासँगै अहिले पनि उत्तिकै काममा डटिरहेका छन् । 

७० वर्षको उमेरलाई सामान्यतया सक्रिय मानिँदैन । अझ नेपाल सरकारले त ७० वर्ष उमेर पुगेकालाई जीवनयापन गर्न सहज होस् भनेर प्रतिमहिना ३ हजार रुपैयाँका दरले वृद्ध भत्तासमेत उपलब्ध गराउँछ ।

तर, केही त्यस्ता व्यावसायिक घरानाका व्यक्तित्वहरू छन्, जो ७० नाघेर पनि युवा जोशका साथ आफ्नो व्यवसायको ‘रेस’लाई अगाडि बढाइरहेका छन् । दुगडमात्र होइन ७० पछि आफ्नो जीवनमा रिटायर्ड नभई सक्रिय हुने व्यवसायी र उद्यगीको सूची लामो नै छ । 

घरमै बस्ने, बच्चाहरूसँग खेल्ने र छोराछोरीहरूको मात्र भर पर्ने दैनिकी उनीहरूको छैन । अर्बाैंको ‘बिजनेस इम्पायर’लाई धानेर छोरा र नाति पुस्तालाई बाटो पनि डोर्याउने आफ्नो कर्तव्य ठान्ने जेठो पुस्ताकै कारण धेरै व्यावसायिक घरानाहरूको व्यवसाय फराकिलो बन्दै गइरहेको छ । 

जागिरे जीवन सुरु गरेकाहरू प्रायः ५८/६० वर्षमै रिटायर्ड भएर घरमै बसेका हुन्छन् भने व्यवसायीहरूले पनि छोरा नातिलाई व्यवसाय हस्तान्तरण गरेर धार्मिक र आध्यात्मिक कार्यमा बढी सक्रिय हुन्छन् ।

घरमै बस्ने, बच्चाहरूसँग खेल्ने र छोराछोरीहरूको मात्र भर पर्ने दैनिकी उनीहरूको छैन । अर्बाैंको ‘बिजनेस इम्पायर’लाई धानेर छोरा र नाति पुस्तालाई बाटो पनि डोर्याउने आफ्नो कर्तव्य ठान्ने जेठो पुस्ताकै कारण धेरै व्यावसायिक घरानाहरूको व्यवसाय फराकिलो बन्दै गइरहेको छ ।जागिरे जीवन सुरु गरेकाहरू प्रायः ५८/६० वर्षमै रिटायर्ड भएर घरमै बसेका हुन्छन् भने व्यवसायीहरूले पनि छोरा नातिलाई व्यवसाय हस्तान्तरण गरेर धार्मिक र आध्यात्मिक कार्यमा बढी सक्रिय हुन्छन् ।

हुनतः नेपालको संविधान (२०७२) र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा पनि ६० वर्षको उमेरपछिको अवधिलाई ज्येष्ठ नागरिकको रुपमा परिभाषित गरेको छ । तर, ज्येष्ठ नागरिकसम्बन्धी ऐन आएको डेढ दशकमा पनि सक्रिय भएर व्यवसायमा योगदान पुर्याउने धेरै व्यवसायीहरू छन् । 

तर, केही यस्ता व्यक्तिहरू छन् जसको उमेर जति–जति ढल्दै गयो, त्यति–त्यति ‘बिजनेस’ प्रतिको लगाव र जोश बढ्दै गएको पनि पाइन्छ । यस्ता व्यक्तिहरू उमेरले बुढो भए पनि जोस र जाँगरले भरिएको पाइन्छ र व्यवसायमा अनवरत भिडिरहेको भेटिन्छ । यिनै मध्येका अर्का व्यवसायी हुन्, शिवरतन शारदा ।

शारदा गु्रपका अध्यक्षसमेत रहेका उनी उमेरले ७१ वर्ष कटिसकेका छन् । उमेर सातदशक पुगिसक्दा पनि जोश जाँगरमा भने रत्तिभर कमी छैन । हरेक दिन उनी कार्यालय पुग्छन् र आफ्नो व्यवसायलाई कसरी उत्कृष्ट बनाउने भनेर लागि पर्छन् ।

देशकै ठूलो समूहमध्यको शारदा गु्रपका अध्यक्ष शिवरतनका तीन छोराहरूले फरक–फरक व्यापारलाई बढाउँदै गु्रपलाई विस्तार गरे पनि त्यसलाई सूक्ष्म ढङ्गमा व्यवस्थापन शिवरतनले नै गरिरहेका छन ।‘म बिहान प्रायः वाक गर्छु अनि हल्का योग, त्यसपछि गणेश मन्दिर जान्छु,’ उनले भने । 

१०ः३० बजे थापाथली कार्यालय पुग्ने शिवरतनले दैनिक नयाँ उद्योग र व्यापारका बारेमा सोच्ने गर्छन् । म अफिस आएपछि सबैभन्दा पहिला ब्रिफिङ लिने काम गर्छु, कामको पेन्डिङ हेर्छु, सरकारी काममा के भइरहेको छ, त्यसमा अपडेट हुन्छु,’ उनले भने, ‘मैले गर्नुपर्ने फलोअप निरन्तर गर्छु ।’ अहिले गु्रपको नयाँ पुस्ताका लागि सहजीकरण गर्ने काम भइरहेको उनले बताए । उनी आफ्नो कामबाटै विश्राम लिने मुडमा छैनन् । उनी

भन्छन्, ‘जुन दिनबाट म काम छोडेर घरमा बस्छु, त्यो दिनबाट म मरेतुल्य हुन्छु’ । समय र स्वास्थ्यले साथ दिएसम्म काममा क्रियाशील रहने अठोट लिएका शारदा कहिल्यै आफूलाई बुढो भएको अनुभव नै गराउँदैनन् ।  किनकी उनी सधैं काममा सक्रिय हुन्छन् ।

नेपालमा डेढ सय वर्ष पुरानो उनको व्यवसायको ‘लिगेसी’ भने हजुरबुबाका कारण प्राप्त भएको थियो । उनकाअनुसार भारतको कलकत्ताबाट हजुरबुबा नेपाल प्रवेश गरेर व्यवसायमा हात हालेका थिए । 

निम्बस समूहका अध्यक्ष जगदीश अग्रवाल पनि उमेरले ७५ वर्ष टेके । अहिले पनि उनी दैनिक रुपमा अफिसमा जाने र आफ्नो व्यापार व्यवसायमा सक्रिय छन् । उमेर ढल्किदै गए पनि आफ्नो जोश र जाँगर कम नभएको उनी बताउँछन् ।

आफ्नो जीवनकालको महत्वपूर्ण २८ वर्ष एमजी गु्रपमा जागिरेका रुपमा बिताएका अग्रवालले सुरु गरेको निम्बस समूह अहिले नेपालको सबैभन्दा ठूलो दाना उद्योगका रुपमा स्थापित छ ।

उनले एमजी ग्रुपमा सहमहाप्रवन्धकदेखी पशुपन्छीको दानामा अग्रणी निम्बसको यात्रा छोटो भए पनि सजिलो थिएन । तर, अग्रवालले आफ्ना दुई छोरालाई यस्तो ‘स्कुलिङ’ गरे, जसबाट निम्बस नेपालको पहिलो पशुपन्छीको दाना उत्पादन गर्ने ठूलो उद्योग बन्यो ।

नेपालका ठूला व्यवसायमा लिगेसीको प्रभाव छ । पुख्र्यौली व्यवसायलाई विस्तार गर्दै जाने र आधुनिकीकरण गरेर बजार आफूतिर आकर्षित गर्ने यो समयमा १७ वर्षको अवधिमा नेपालकै प्रतिष्ठित गु्रप र अग्रणी व्यवसायमा निम्बस समूहका अध्यक्ष जगदीश अग्रवालले आफूलाई उतारे ।

अग्रवाल व्यवसायकै सिलसिलामा कहिले काठमाडौं त कहिले वीरगंज गरिरहन्छन् । दुई सहरमै उद्योग र व्यवसाय रहेका कारण त्यसको राष्ट्रिय नेटवर्कका लागि पनि उनले अझै काममा ध्यान दिन्छन् ।  

जीवनको ऊर्जावान समय जागिरमा बिताएका अग्रवालले ‘रिटायर्ड’ भएपछि व्यापार थालेका हुन । त्यसैले उनलाई जीवनमा केही गर्न समय थोरै हो भन्ने लाग्दै लाग्दैन । उनको एउटै धारणा छ– साहसी, परिश्रमी र धैर्यवान हुनुपर्छ । मानिसलाई सफलताले पछ्याएर आउँछ । अहिले उनको व्यवसायलाई छोराहरू आनन्द बगारिया र सुमन बगारियाले सम्हाल्दै आएका छन् । 

सनराइज बैंकका अध्यक्ष एवंम एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड ७५ वर्षका भए । उनको नेतृत्वमा ३१७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्दैछन् । त्यो बाहेक उनी अटोमोबाइल व्यवसायमा पनि अग्रणी व्यवसायी हुन् ।

जीवनको ऊर्जावान समय जागिरमा बिताएका अग्रवालले ‘रिटायर्ड’ भएपछि व्यापार थालेका हुन । त्यसैले उनलाई जीवनमा केही गर्न समय थोरै हो भन्ने लाग्दै लाग्दैन । उनको एउटै धारणा छ– साहसी, परिश्रमी र धैर्यवान हुनुपर्छ । मानिसलाई सफलताले पछ्याएर आउँछ । अहिले उनको व्यवसायलाई छोराहरू आनन्द बगारिया र सुमन बगारियाले सम्हाल्दै आएका छन् । 

महिन्द्रा, जोज डियर, रोयल इन्फिल्ड, प्याग्गियो, लेइका, माइनमास्टर, किर्लोस्कर लगायतका प्रतिष्ठित कम्पनीहरूमा उनको सक्रियता छ । हरेक हप्ता बैंकका गतिविधिहरूको अद्यावधिक जानकारी मात्र लिँदैनन् सबै सञ्चालक समिति वैठकमा सक्रिय सहभागी हुन्छन् ।  

पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्य ७७ वर्षमा लागे । ८ दशक उमेर पुग्न लाग्दासमेत उनि व्यापार व्यवसायमा अझै सक्रिय छन् । काठमाडौं गेष्ट हाउस (एजीएच) ग्रुपका संस्थापक अध्यक्ष शाक्य होटल व्यवसायी हुन् । ठमेलको सबैभन्दा पुरानो काठमाडौं गेष्ट हाउसबाट होटल व्यवसाय सुरु गरेका शाक्यको काठमाडौं, भक्तपुर, भैरहवा र पोखरामा होटल सञ्चालनमा छन् ।

आफ्नो व्यवसायको जिम्मेवारी छोरा र नातिलाई दिए पनि उनी दैनिक रुपमा अपडेट लिने गरेका छन् । छोरा–छोरीलाई व्यवसाय विस्तारको सल्लाह सुझाव दिनेदेखि आफैं किताब लेख्नसमेत भ्याएका छन् । ‘सोच’, ‘खोज’जस्ता पुस्तकहरू लेखेर युवाहरूलाई प्रोत्साहन गर्न शाक्य सक्रिय देखिएका छन् ।

हिमालय शमशेर राणा ९२ वर्षमा पुगे पनि आफ्नो व्यवसाय प्रतिको लगाब अझै घटेको छैन । हिमालयन बैंकको सञ्चालक समितिको मुख्य सल्लाहकार रहेका राणा बैंठकमा नियमित जसो सहभागी हुन्छन् भने बेलाबखत छोराहरूले गरिरहेको व्यवसायमा आफ्नो सल्लाह र सुझाव राख्ने गर्छन् । प्रायः घरमै भए पनि उनले लगानी, प्रतिफल, जोखिम र योजनाका विषयमा आफ्ना दुवै छोराहरूलाई सिकाइरहन्छन् । 

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ ९० वर्षमा लागे । उनी अहिले पनि ललितपुरको पञ्चकन्या भवनमा दैनिक रुपमा आउने गरेका छन् । त्यो भवनमा व्यवसायका योजना मात्र बन्दैनन्, पारिवारिक जमघट पनि हुन्छ ।

अहिले उनको व्यवसाय छोरा र नातिहरूले सम्हाले पनि कसरी काम गर्छन् भनेर दैनिक रुपमा हेरविचार गरिरहेका हुन्छन् । त्यति मात्र होइन, उनी अहिले पनि सेयर कारोबारमा सक्रिय छन् ।

९१ वर्षमा पनि आफूलाई बुढेसकाल लागेको अनुभूति नगर्ने अर्का व्यक्ति हुन् गणेशभक्त साखः । साखः गु्रपका अध्यक्ष गणेशभक्त नियमित अफिस पुगेर आफ्ना पुस्तालाई व्यापारको ‘काउन्सिलिङ’ दिइरहन्छन् ।

ग्रुपअन्तर्गत रहेका दर्जन व्यापार र उद्योगमा उनको भूमिका अहिले पनि परामर्शदाताका रुपमा छ । त्यही काम पनि उनी नियमित अफिस पुगेरै गर्छन् । व्यापार र उद्योगको आफ्नो अनुभव नयाँ पुस्ताका लागि अझ लाभदायक हुने देखेर उनले दोस्रो तलादेखि नै आफ्ना सन्ततिलाई सफलताका सूत्रहरू बाँडिरहेका छन ।

‘घरमा बसिरहे पनि टेलिभिजन हेर्ने वा सामान्य काम गरेर बस्ने हो, त्योभन्दा अफिस आउँदा केही न केही नयाँ जानकारी प्राप्त हुन्छ,’ उनले भने ।  व्यवसायको अवस्था कस्तो छ भन्ने पनि थाहा हुने भएकाले अपडेटका लागि पनि अफिस पुग्ने गरको उनले बताए । ‘लामो समय आफूले व्यापार र उद्योग सम्हालेको अनुभव आफ्ना सन्ततिलाई पनि काम लाग्ने भएकाले अफिस जाने गरेको छु’, उनले भने ।

लोमस ग्रुपका अध्यक्ष प्रदीपजंग पाण्डे ७० वर्षका भए । उनी अहिले पनि विभिन्न बैंक तथा बिमा कम्पनीको नेतृत्व गरिरहेका छन् भने लोमस सिमेन्टमा पनि प्रत्यक्ष निगरानी राखिरहेका छन् । पाण्डेका तीन छोरा प्रवलजंग पाण्डे, प्रतापजंग पाण्डे र प्रज्वलजंग पाण्डेले अहिले व्यवसायलाई सम्हालिरहे छन् । त्यै पनि पनि उनी आफैं भने विश्राम लिने मुडमा छैनन् । 

ऊर्जाशील समय सरकारी स्वामित्वको दुग्ध विकास संस्थानमा जागिरेका रुपमा बिताएर व्यवसायमा प्रवेश गरी व्यवसाय ‘बुम’ गरेका उद्योगी हुन्, डा. हेरम्बबहादुर राजभण्डारी ।

८७ वर्षमा लागे पनि व्यवसायलाई नेतृत्व गर्दै आएका राजभण्डारी नेपाल डेरी प्रालिका कार्यकारी अध्यक्ष छन् । उनलाई साथ दिन अहिले छोरा र नाति पुस्तासमेत व्यवसायमा जमिसकेका छन् । थोरै पुँजी र सीमित साधनबाट सुरु गरेको व्यवसाय अहिले देशकै ठूलो डेरीमध्येमा गनिएको छ । 

लोमस ग्रुपका अध्यक्ष प्रदीपजंग पाण्डे ७० वर्षका भए । उनी अहिले पनि विभिन्न बैंक तथा बिमा कम्पनीको नेतृत्व गरिरहेका छन् भने लोमस सिमेन्टमा पनि प्रत्यक्ष निगरानी राखिरहेका छन् । पाण्डेका तीन छोरा प्रवलजंग पाण्डे, प्रतापजंग पाण्डे र प्रज्वलजंग पाण्डेले अहिले व्यवसायलाई सम्हालिरहे छन् । त्यै पनि पनि उनी आफैं भने विश्राम लिने मुडमा छैनन् । बैंक, बिमा, औषधि, सिमेन्ट र हेलिकप्टरमा समेत लगानी रहेको लोमस ग्रुप नेपालकै एक प्रतिष्ठित व्यावसायिक समूहका रुपमा स्थापित छ ।

हामा स्टिलका बालकृष्ण श्रेष्ठ हुन् वा ज्योति गु्रपका पद्मज्योति जो ७५ वर्षमा पनि अझै व्यावसायिक रुपमा आफ्नो उपस्थितिलाई दरिलो बनाइरहेका छन् । 

नेपालको अग्रणी व्यावसायिक गु्रपमध्येको एक विशाल ग्रुपका अध्यक्ष जगदीशप्रसाद अग्रवाल ७७ नाघिसके तर पनि व्यावसायिक साम्राज्यमा उनको पुरापुर सक्रियता छ । विशाल गु्रपमा छोरा र नाति पुस्ताले बिजनेसलाई तुफानी रेशमा लगे पनि व्यापार, उद्योग र बैंक तथा वित्तीय संस्थाको फोर्टफोलियो मिलाउन उनको अनिवार्य सल्लाह आवश्यक पर्छ ।

सुवास योञ्जन

क्यापिटल नेपालका संवाददाता हुन्

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top