चाउचाउका ‘पायोनियर’ उद्योगपति सूर्यबहादुर केसीको निधन

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक १८, मङ्गलबार,०८:४४:AM  
चाउचाउका ‘पायोनियर’ उद्योगपति सूर्यबहादुर केसीको निधन

काठमाडौं  उद्योगी सूर्यबहादुर केसीको निधन भएको छ । अचानक रक्तचाप कम भएपछि केसीको निधन भएको पारिवारले जनाएको छ ।

नेपाली काँग्रेसको तर्फबाट समानुपातिक सांसदसमेत रहेका केसीको सोमबार राति १०ः३० बजे निधन भएको हो । उनको मंगलबार बिहान अन्तिम संस्कार हुने पारिवारिक स्रोतले जानकारी दिएको छ । ६५ वर्षीय केसी पहिलेदेखि मिर्गौलाका रोगी थिए । 

कोरोना भाइरसको महामारी फैलिएसँगै केसीको मिर्गौलाको नियमित फलोअप समेत हुन पाएको थिएन। फलोअपका लागि उनी भारतको नयाँ दिल्ली जाने गर्ने । उनी लामो समयदेखि सुगर र उच्च रक्तचापका पनि बिरामी थिए ।

उद्योगपति केसी पोखरा उपमहानगरपालिकाका तत्कालीन प्रधानपञ्च थिए । उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए ।लोकप्रिय चाउचाउ राराको उत्पादन ३० को दशकदेखि नै सुरु गरेका केसी व्यवसाय र राजनीति दुवैमा सफल थिए । उनको उद्योगले उत्पादन गरेको रारा चाउचाउ अझै लोकप्रिय छ ।

केसीको निर्माणका साथै जलविद्युत क्षेत्रमासमेत लगानी रहेको छ । उनले ७ मेगावाटको मार्दी जलविद्युत आयोजना निर्माण गरेका छन् । यस्तै उनी माछापुच्छ्रे बैंकका संस्थापक समेत हुन्। राजनीतिमा लागेर राप्रपाको कोषाध्यक्षसमेत भएका केसी पछिल्लो समय नेपाली कांग्रेसमा सक्रिय थिए ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top