सुनको मूल्य ३४०० रुपैयाँले घट्यो, प्रतितोला ९४ हजार ८०० रुपैयाँ

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक २५, मङ्गलबार,११:०२:AM  
सुनको मूल्य ३४०० रुपैयाँले घट्यो, प्रतितोला ९४ हजार ८०० रुपैयाँ

काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कोरोनाको भ्याक्सिन निर्माणमा सफलता प्राप्त हुँदै गर्दा लगानीकर्ताहरु अन्य क्षेत्रमा आकर्षित भएकाले सुनको भाउ घटेको हो । त्यसैगरी, तेजावी सुनको मूल्य पनि प्रतितोला ३ हजार ४ सय रुपैयाँले घटेको छ ।

सोमबार ९७ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार प्रतितोलाको मूल्य ९४ हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले घटेर १२१५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १२८५ रुपैयाँ कायम भएको थियो ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top