बागलुङ चंगा चेट प्रतियोगितामा उमेश राजभण्डारी प्रथम

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक ३०, आइतबार ,०३:४४:PM  
बागलुङ चंगा चेट प्रतियोगितामा उमेश राजभण्डारी प्रथम

काठमाडौं । बागलुङ बजारमा आयोजित बागलुङ चंगा चेट प्रतियोगितामा उमेश राजभण्डारी प्रथम भएका छन् ।  आईतबार भएको प्रतियोगितमा भण्डारी प्रथम, एकराज शर्मा दोस्रो र विकास ठकुरी र तारा काउँचा तेस्रो भएका हुन् ।

प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ८ हजार, ४ हजार र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको हुन् । १२ जना सहभागी भएको चंगा चेट प्रतियोगितमा बागलुङ बजारस्थित धौलागिरी क्याम्पस प्रागंडमा सम्पन्न भएको छ । 

बागलुङ जेसिसको आयोजनामा उक्त प्रतियोगिता भएको थियो भने संकल्प फाउन्डेसनले व्यवस्थापन गरेको थियो । 

संस्कृति र नयाँ युवा पुस्तालाई ध्यानमा राखेर प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताको मुख्य प्रायोजक प्रभु बैंक, सह प्रायोजक वाईवाई चाउचाउ, अर्ना बियर, रोयल स्टेग, सन्ध्या बेकअप स्टुडियो र मिडिया सर्पोट क्यापिटल नेपाल डट कम रहेको छ ।

पछिल्लो पटक युवा पुस्ता दशैं, तिहारका लगायतका चाडबाडमा आकाशमा चंगा उडाउन आकर्षित हुन थालेको छ । लामो समयको लकडाउनमा घरमै रहेका युवा पुस्ताको ‘रिफ्रेसमेन्ट’ हुनका लागि पनि प्रतियोगिता गरिएको बागलुङ जेसिसले जनाएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top