नेपाल एसबीआई बैंकले गर्यो ९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ मङ्सिर ५, शुक्रबार,१०:२५:AM  
नेपाल एसबीआई बैंकले गर्यो ९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव 

काठमाडौं । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको ४५८ औं सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

जसमध्ये ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको बैंकले जानकारी दिएको छ । लाभांश दिने प्रस्ताव आगामी २७ औं वार्षिक साधारणसभामा पेश गर्नका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिने बैंकले  जनाएको छ ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top