काठमाडौं। दिदीको मखमली माला र भाइको निधारको सप्तरंगी टीका, यही हो तिहारको असली रङ। प्रेम, आशीर्वाद र आत्मीयताको सात रङ मिसिएको टीका र स्नेहको सुवास फिज्याउने मखमली फूल, दिदी–भाइबीचको सम्बन्धलाई अझ गहिरो बनाइदिन्छ।
हरेक वर्षको कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि शुक्लपक्षको द्वित्तीयासम्म पाँच दिन यो चाड मनाइने गरिन्छ। पाँच दिनसम्म मनाइने यस पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ। यस चाड हरेक दिन फरक अर्थ, पुजापाठ र परम्पराअनुसार मनाइन्छ।
तिहारको पाँचौँ दिन अर्थात आज भाइटीका मनाउने चलन छ। यमपञ्चकका पाँचै दिन उत्तिकै महत्वपूर्ण र उत्साहका साथ मनाइए पनि भाइटीका जो कोहीका लागि विशेष रहने गरेको छ। यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका र माला लगाइदिन्छन्। दीर्घायु तथा समृद्धिको कामना गर्छन्। दाजुभाइले दिदीबहिनीलाई आशीर्वादसहित उपहार दिन्छन्।
किन लगाइन्छ सप्तरंगी टीका?
सप्तरंगी टीकाले दाजुभाइलाई सर्वत्र सातै लोकमा विजय प्राप्त होस् र जीवन रंगमय बनोस् भन्ने कामना दर्साउने संस्कृतिविदको भनाइ छ।
संस्कृतिविद गुरु प्रसाद सुवेदीका अनुसार, वैदिक शास्त्रमा भगवान सूर्य नारायणको रथमा सात वटा घोडा रहेको उल्लेख पाइन्छ। यस सात घोडाको प्रतीकात्मक अर्थ सूर्यको सात किरण तथा सात रंगसँग सम्बन्धित रहेको उनले बताए।
‘धेरै रंगहरुको वर्गीकरण गरिए पनि तिनको मूल स्वरूप सात वटा रंग मानिन्छ,’ सुवेदीले भने, ‘सूर्यका किरणमार्फत परावर्तन भएको रंगहरूको विश्लेषण गर्दा सात वटा प्रमुख रंगहरूको पहिचान हुन्छ।’
तिहारसँग जोडिएको प्रसंग सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई टीका लगाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दु धर्मशास्त्रमा उल्लेख गरिएको छ।
उनका अनुसार तिहारको टीका संस्कार यमराज र यमुना भगवान सूर्य नारायणका सन्तानको भेटघाटसँग सम्बन्धित छ। ‘मृत्युदेव यमराज देवता सुर्यका छोरा हुन् भने यमुना सूर्यकी छोरी सूर्यतनया हुन्,’ सुवेदीले भने, ‘यो सूर्यमण्डलबाट प्राप्त हुने ऊर्जा, शक्ति, सामथ्र्य, तेज र आत्माको प्रतीकात्मक रूपमा सप्तरंगी टीका भनिएको हो।’
यद्यपि, शास्त्रीय ग्रन्थमा तिहारमा अनिवार्य रूपमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने पैराणिक अथवा धार्किक रुपमा उल्लेख नभए पनि नेपाली समाजमा यो परम्परा सूर्य नारायणका सात घोडा वा किरणसँग जोडिएको सांस्कृतिक अभ्यासको रूपमा स्थापित भएको संस्कृतिविद सुवेदीको भनाइ छ।
तिहारसँग जोडिएको प्रसंग सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई टीका लगाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दु धर्मशास्त्रमा उल्लेख गरिएको छ।
यमुनाले आफ्ना दाजु यमराजलाई कसैले मार्न नसकोस् भन्ने कामना गर्दै भाइटीका लगाइदिएकी थिइन्। उनले आफ्ना दाजु यमराजलाई आफ्नै घरमा आउन निम्तो दिइन्। अनि, तेल र दुबोले छेकेर, मखमली, सयपत्रीको माला लगाइदिएर भाइटीका लगाइदिएकी थिइन। यसरी भाइटीका लगाइदिने परम्पराको सुरुवात भएको संस्कृतिविदहरुको भनाइ छ।
भाइटीकाका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसै गरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवामिष्ठान्न आदि मन पर्ने कुरा खुवाउने, दिदीबहिनीलाई दान दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ। परापूर्व कालमा बहिनी यमुनाले दाजु यमराजलाई विशेष मान–सम्मान गर्दै भाइ पुजा गरेको धार्मिक महत्व छ।
भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ।
धार्मिक र पौराणिक मान्यताअनुसार मृत्युदेव यमराजले वर्षौंसम्म भेट हुन नपाएकी बहिनी यमुना कहाँ जाँदा बहिनीले पाँच दिनसम्म आफ्ना दाजुका दूत, खबारी, रक्षक आदिका रूपमा काग, कुकुर गाई, गोरुलगायत दाजुको पूजन गरी सप्तरंगी टीका, रंगीविरंगी फूलहरूको माला, मिष्ठान्न परिकारहरूको भोजन गराइ पठाएकी र यमराजले हरेक वर्ष कात्र्तिक शुक्ल द्वित्तीयाका दिनमा बहिनीसँग भेट गर्न आउने बाचा गरेको र, सोही प्रचलन आजपर्यन्त चाडको रूपमा हिन्दुमात्रमा महान् पर्वको रूपमा प्रचलित छ।
सात रंगको अर्थ र महत्व
भाइटीकाका लागि प्रयोग गरिने सात रंगको रंगैपिच्छे फरक–फरक अर्थ र महत्व रहेको छ। सप्तरंगी टीका इन्द्रेणीको प्रतीक हो। परम्परागत रूपमा प्रयोग हुने रङहरू प्राकृतिक स्रोतबाट बनाइन्थ्यो। जस्तै हल्दी, चन्दन, दुबो, हवनको खरानीलगायतका प्राकृतिक स्रोतबाट बनाइन्थ्यो।
रातो रंग सिन्दुर, चन्दनबाट लिने गरिन्थ्यो रातो रंगलाई शक्ति, प्रेम, उत्साह उमंग, जाँगर, साहस र फुर्तिको प्रतीक हो। सेतो चामलको पिठोबाट बनाइन्थ्यो यसले शुद्धता, सत्यता र शान्तिको सन्देश दिन्छ।
सुन्तला अर्थात बैजनी धैर्यता, स्वतन्त्रता र निर्भय हुनुको प्रतीकको रुपमा लिइन्छ भने कालो रंग काललाई जित्ने शक्ति, विरोध र नकारात्मक प्रभावबाट मुक्तिको प्रतीक मानिन्छ।
निलो नीलकण्ठ फूल र बेलपत्रबाट बनाइन्थ्यो जुन आशास, गहिराई, स्थिरता र स्वस्च्छ ह्रदयको प्रतीक हो। हरियो रंग हरियो दुबो, पातबाट बनाइन्थ्यो जुन दीर्घायु, समृद्धिको प्रतिक मानिन्छ।
सेतो शान्ति, ज्ञान, सात्विक स्वरूप र हृदयको स्वच्छता को प्रतीक हो भने भने पहेलो अध्यात्म, धन, सुख, पारस्परिक प्रेम र दीर्घजीवी हुनुको प्रतीक मानिन्छ।
सुन्तला अर्थात बैजनी धैर्यता, स्वतन्त्रता र निर्भय हुनुको प्रतीकको रुपमा लिइन्छ भने कालो रंग काललाई जित्ने शक्ति, विरोध र नकारात्मक प्रभावबाट मुक्तिको प्रतीक मानिन्छ।
सप्तरंगी टीकामा भावना मिसिँदा शान्ति बर्सिन्छ भन्ने मान्यता छ। तिहारमा लगाइने टीका पहेँलो, नीलो, सुन्तला, सेतो, हरियो, रातो र कालो गरी सात रंगका हुन्छन् जसले दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ। त्यसकारण दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन्।
मखमली फूलको माला किन लगाइन्छ?
तिहारको लागि फूल–माला अति आवश्यक सामग्रीमध्ये एक हो। यो चाडमा विशेषगरी सयपत्री, गोदावरी र मखमली फूलको महत्व हुन्छ। तिहारमा घर सजाउनदेखि पुजा आराधना गर्नसम्म यिनै फूलको प्रयोग हुन्छ।
कुकुर, गाई, गोरुलाई सयपत्रीको माला लगाइदिने गरिन्छ भने दाजुभाइलाई मखमली र सयपत्री दुवै फूलको माला पहिर्याइदिने चलन छ। मखमली फूल कहिल्यै ओइलाउँदैन अनि सयपत्रीको रङ कहिल्यै उडेर जाँदैन भन्ने मान्यताअनुरूप भाइटीकामा यी फूलको माला लगाउने गरिएको संस्कृतिविदहरुको भनाइ छ।
संस्कृतिविद सुवेदीका अनुसार सयपत्री फूलको पनि छुट्टै महत्व र विशेषता छ। सयपत्री फूल मखमली जसरी नओइलाउने त होइन। यसमा सयौँ पातहरु छन्।
‘भाइटीकाका दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री फूलका मालाको छुट्टै महत्व छ,’ संस्कृतिविद सुवेदी भन्छन्, ‘मखमली कहिल्यै ओइलाउँदैन र यसको रंग कहिले पनि उडेर जाँदैन। त्यस कारण दाजु र बहिनीको सम्बन्ध सुमधुर बनोस् कहिले पनि नओइलावस भन्ने अर्थ यसले दिन्छ।’ दाजु र बहिनीको सम्बन्ध सुमधुर बनोस भनेर नओइलाउने प्रकृतिको फूल प्रयोग गरिने उनको भनाइ छ।
संस्कृतिविद सुवेदीका अनुसार सयपत्री फूलको पनि छुट्टै महत्व र विशेषता छ। सयपत्री फूल मखमली जसरी नओइलाउने त होइन। यसमा सयौँ पातहरु छन्। यसले एकपछि अर्काे दाजु भाइ र दिदीबहिनीको सम्बन्धको गाँठाहरु पनि यसैगरी एक आपसमा अनन्य प्रेम र विश्वासले जोडिएका छन् भन्ने सन्देश दिन्छ।
‘तिहारमा हामीले दुबोको पनि प्रयोग गर्ने गर्छौं। यसको पनि छुट्टै महत्व छ। दुबो बाहिरी भाग गर्मीमा सुके पनि जरा मर्दैन। यो लामो समयसम्म (गर्मी, जाडो सबै मौसममा) सुरक्षित रहन्छ। त्यसैले, दुबोलाई दीर्घ जीवनको परम्परको प्रतीक मानिन्छ,’ सुवेदीले भने।
मखमली कहिल्यै ओइलाउँदैन र रंग जाँदैन, सयपत्री रंग नउड्नुको साथै पत्र पत्र जोडिएकाले सम्बन्ध पनि यसरी नै जोडियोस् भन्ने अर्थ दिन्छ। दुबोको जरा कहिले नमर्ने सुरक्षित रहन्छ। त्यस कारण प्रकृतिका यस्ता फूलको प्रयोग गरिएको सुवेदी बताउँछन्।