बागलुङको बडिगाडमा जिप दुर्घटनामा दुईको मृत्यु

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ मङ्सिर ८, साेमबार,११:२८:AM  
बागलुङको बडिगाडमा जिप दुर्घटनामा दुईको मृत्यु

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा साेमबार बिहान पिक अप जिप दुर्घटना हुँदा दुई जनाको  मृत्यु भएको छ ।

ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिकअप जिप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा  अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनको एक वर्षीय छोराको मृत्यु भएको छ ।  

दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीचौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिए ।  

प्रहरी निरीक्षक भण्डारीका अनुसार जिपमा सामान लाेड गर्ने क्रममा गुडेर जिप दुर्घटना भएको हो ।  उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको छ ।

चालक रविलाल बुढाले सामान लाेड गर्ने क्रममा जिप अचानक गुडेको थियो । चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top