भारतमा कोरोनाको खोप सस्तो, २९५ रूपैयाँसम्ममा पाइने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २८, मङ्गलबार,०९:११:PM  
भारतमा कोरोनाको खोप सस्तो, २९५ रूपैयाँसम्ममा पाइने

न्यूदिल्ली, एजेन्सी । भारतमा कोरोना भाइरस विरुद्धको प्रतिखोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ ।  केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने जानकारी दिएका हुन् ।

भारतमा कोभिशिल्ड र कोभ्याक्सीन गरी दुईवटा खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न आधिकारिक निकायले अनुमति दिएको छ ।   
भारतले अहिलेसम्म कोरोना भाइरस विरुद्धको ५४ लाख खोप भण्डारण गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । पहिलो चरणमा यो खोप देशका विभिन्न ठाउँमा वितरण गरिनेछ । 

भारतमा यही जनवरी १६ तारिखदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्ने तयारी भइरहेको महानिर्देशक भूषणले जानकारी दिए । 
भारत सरकारले गत सन् २०२० को मे महिना अगाडि नै कोरोना भाइरस विरुद्धको खोप विकास गर्न वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई खटाएको थियो । उनीहरूले नै यसको विकास गरेका हुन् । 

“कूल ११० लाखको सङ्ख्यामा कोभिशिल्ड खोप उत्पादन गर्ने कार्य भइरहेको छ, यो काम सेरम इन्स्टिच्यूड अफ इन्डिया एसआईआईले गरिरहेको छ,” भूषणले भने। 

त्यसैगरी अर्को खोप कोभ्याक्सिन ५५ लाखको सङ्ख्यामा उत्पादन गर्ने कार्य भइरहेको पनि उनले जानकारी दिए। यो भने भारत बायोटेक इन्टरनेशनल लिमिटेडले गरिरहेको हो । त्यसका लागि प्रतिखोप २९५ रूपैयाँ लाग्ने बताइएको छ । 

दुवै खोप यही जनवरी १४ सम्ममा सरकारलाई प्राप्त भइसक्ने र त्यसको दुई दिनपछि लगाउन थाल्ने सरकारको योजना रहेको छ ।    

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top