मेरो माइक्रो फाइनान्सको बोनस पारित, सञ्चालकमा अधिकारी र पुडासैनी 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २९, बुधबार,१२:२४:PM  
मेरो माइक्रो फाइनान्सको बोनस पारित, सञ्चालकमा अधिकारी र पुडासैनी 

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको मंगलबार सम्पन्न आठौं वार्षिक साधारणसभाले चुक्ता पुँजीको १६.९४ प्रतिशत बोनस सेयर र ०.८९२ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ।

सो सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा बद्रीप्रसाद पुडासैनी र ज्ञानुकृष्ण अधिकारीलाई निर्विरोध चयन गरेको छ।

सो सभाले आर्थिक वर्ष २०७६/७७ को फाइनान्सको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ।

लघुवित्तका अध्यक्ष सञ्जीव मानन्धरले संस्था सञ्चालनको सातौं वर्षमा संस्थाले ५ अर्ब ८४ करोड ऋण लगानी गरी १८ करोड २१ लाख सञ्चालन मुनाफा आर्जन गरेको बताए।

हाल चुक्ता पुँजी ८५ करोड ५१ लाख रुपैयाँ रहेको संस्थाले बोनस सेयर वितरणपश्चात एक अर्ब कायम भएको उनले बताए।

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रही राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको माइक्रोफाइनान्सले हाल १ सय २० शाखा कार्यालयमार्फत ५९ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ। संस्थाले १ लाख २५ हजारभन्दा बढी विपन्न घर परिवारलाई लघुवित्त सेवा दिइरहेको छ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top