नेपाल इन्फास्ट्रक्चर बैंकको सीईओमा रामकृष्ण खतिवडा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २९, बुधबार,०२:३२:PM  
नेपाल इन्फास्ट्रक्चर बैंकको सीईओमा रामकृष्ण खतिवडा

काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वित्त विश्लेषक (सीएफए) रामकृष्ण खतिवडा नियुक्त भएका छन् । उनी प्रतिस्पर्धाबाट बैंकको सीईओ बनेका हुन् ।

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले खतिवडालाई सीईओमा नियुक्त गरेको हो । उनले माघ २ गते शुक्रबारदेखि कार्यभार सम्हाल्ने जानकारी दिएका छन् । यसअघि खतिवडा विद्युत नियमन आयोगका सदस्य थिए ।

लगानी बोर्डको सीईओ बन्न उनले आयोगको सदस्यबाट राजीनामा गरेका थिए ।  यसअघि उनी लगानी बोर्डमा वित्त विश्लेषकका रुपमा कार्यरत थिए । हाइड्रोइलेक्ट्रिसिटी एन्ड इन्भेस्टमेन्ट लिमिटेड (एचआइडीसीएल) को वित्त विश्लेषक भएर काम गरेको अनुभव खतिवडासँग छ ।

उनी पेसाले चार्टर्ड एकाउन्टेन्ट हुन् । यसअघि एनआइबीएल एस क्यापिटलको महाप्रवन्धक भएका थिए । अनिल ज्ञवालीले २ वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि बैंकले नयाँ सीईओको खोजी सुरु गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top