सनराइज बैंकको ग्राहकलाई मनकामना केबल कारको टिकट खरिदमा क्यास व्याक 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ फागुन ७, शुक्रबार,०४:००:PM  
सनराइज बैंकको ग्राहकलाई मनकामना केबल कारको टिकट खरिदमा क्यास व्याक 

काठमाडौं । स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं अभियानलाई आत्मासाथ गर्दै सनराइज बंैकले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्मार्टको प्रयोग गरि मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक दिने योजना ल्याएको छ । 

यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले सनराइज स्मार्ट प्रयोग गरि खरिद गरिएको हरेक टिकटमा १०० रुपैयाँ क्यास व्याक प्रदान गर्नेछ । यो योजना २०७७ फाल्गुण ७ देखि चैत मसान्तसम्म रहनेछ । 

कोभिड १९ को वर्तमान परिप्रेक्ष्यमा ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगद मार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकको विश्वास छ ।

डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्न बैंकले बिभिन्न नविनतम् सेवा सुबिधा ल्याउँदै आएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top