बेइजिङ, एपी । अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावे टेक्नोलोजिज लिमिटेडले फोल्ड गर्न मिल्ने मोबाइल फोन सार्वजनिक गरेको छ । ८ इन्च २० सेमी फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले जनाएको छ ।
मेट एक्स २ शृंखलाको मोबाइल फोन सार्वजनिक गरेको हुवावे टेक्नोलोजिज हाल अमेरिकी प्रोसेसर चिप्स र गूगल सेवाबाट बन्चित छ । गत वर्ष, हुवावे विश्व मोबाइल बजारमा बिक्रीका दृष्टिबाट पहिलो स्थानबाट छैटौं स्थानमा झरेको थियो ।
हुवावेको मेट एक्स २ मोबाइल फोन फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन हो । यस मोबाइल डिभाइसमा राम्रो दृश्य र भिडियो तथा गेमका लागि राम्रो आवाज छ । यस फोनमा हुवावे आफैंले विकास गरेको निकै उन्नत किसिमको किरिन ९००० चिप्सको प्रयोग गरिएको छ ।
हुवावेका उपभोक्ता इकाईका अध्यक्ष रिचार्ड यूले एक विज्ञप्ति प्रकाशन गरी पछिल्लो शृंखलाको मोबाइल फोनले प्रयोगकर्तालाई विशेष अनुभूति दिलाउन सफल हुने विश्वास व्यक्त गरेका छन। यूका अनुसार, मेट एक्स २ को मूल्य चिनियाँ बजारमा २ हजार ७८५ अमेरिकी डलर छ ।
थप
expand_moreकम
expand_less