संकटको सारथी बनेको ‘डल’, जसलाई ५०० को लगानीले ४० लाखको मालिक बनायो

account_box शर्मिला न्यौपाने ,
प्रकाशित: २०७७ चैत २०, शुक्रबार,०८:२५:AM  
संकटको सारथी बनेको ‘डल’, जसलाई ५०० को लगानीले ४० लाखको मालिक बनायो

काठमाडौं । जब जीवनमा संकट पर्छ, तब त्यहाँबाट उम्कन केही न केही उपायका लागि जमर्को गरिन्छ नै । अनि जसले समस्यासँग जुध्न सक्छ, उसले अवश्य सफलता हात पार्छ । त्यस्तै समस्याहरूसँग जुधेर सफलता हात पार्न सफल भएकी एक पात्र हुन्, निर्जरा राई ।  

काठमाडौंको जोरपाटी ओरालोबाट केही तल नारायणटार चोकको भित्री भाग, प्रायः त्यहाँ हिँड्ने सबैको ध्यान नजिकैको सटरमा जान्छ । कति त एक्छिन् उभिएरै हेर्छन् । नहेरुन पनि कसरी ? फरक डिजाइन, फरक साइजका कलरफुल सामानको दृश्यसँगै त्यही पसलको एक कुनामा बसेर डल (खेलौना) बनाइरहेकी ब्रम्हपुत्र राई अर्थात् निर्जरा भेटिन्छिन् । 

आज सबैले ओहो, कति राम्रो भनेर उनले बनाएका खेलौनाहरूको प्रशंसा गर्छन्, त्यो प्रशंसा सुनेर उनी खुसी पनि हुन्छिन् । तर, यस्ता प्रशंसाको पछाडि निर्जराको कडा मेहनत र संघर्षको मिश्रित कथा छ ।  

भोजपुरमा जन्मिएकी उनी एसएलसी दिएर १३ वर्ष पहिले काठमाडौं आएकी थिइन् । गाउँमा जन्मिएकी उनलाई काठमाडौंजस्तो ठूलो सहरमा जीवनयापनका लागि पक्कै पनि सहज थिएन । सुरुमा केही समय आफन्तकोमा बस्दै आएकी राई बिस्तारै आफ्नी बहिनीलाई लिएर छुट्टै बस्न थालिन् । त्यसछि सुरु भयो उनको संघर्षको यात्रा । आर्थिक अवस्था कमजोर भएकाले घरबाट पैसा मगाउने अवस्था पनि थिएन । 

काठमाडौंको जोरपाटी ओरालोबाट केही तल नारायणटार चोकको भित्री भाग, प्रायः त्यहाँ हिँड्ने सबैको ध्यान नजिकैको सटरमा जान्छ । कति त एक्छिन् उभिएरै हेर्छन् । नहेरुन पनि कसरी ? फरक डिजाइन, फरक साइजका कलरफुल सामानको दृश्यसँगै त्यही पसलको एक कुनामा बसेर डल (खेलौना) बनाइरहेकी ब्रम्हपुत्र राई अर्थात् निर्जरा भेटिन्छिन् । 

मान्छेको जीवनमा दुःख, सुख आउने जाने भईनै रहन्छ । दुःखले मानिसलाई त्यति सजिलै त कहाँ छोड्छ र ? जति दुःख भए पनि उनलाई पढाइ रोक्न भने मन थिएन । त्यसैले २०६४ सालमा चाबहिलको ब्रिलियन्ट कलेजमा भर्ना भइन् । वार्षिक १५ हजार रुपैयाँ तिरेर प्राइभेट कलेजमा पढ्न त्यति सहज थिएन ।

उनको जागिर थिएन, घरको आर्थिक अवस्था कमजोर, त्यसमा पनि महँगो कलेजमा पढाइ, सँगै बहिनीलाई पढाउनु पर्ने दायित्व उनको काँधमा थियो । तर, त्यसबाट पछि हटिनन् । 

जहाँ समस्या त्यहाँ उपाय । जो लड्छ, उही उठ्छ । उनीसँग समस्या प्रसस्तै थिए त्यही मध्येको आर्थिक समस्यालाई केही सजिलो बनाउन उनले काम खोजिन् र भाग्यवश पाइन् पनि । काम थियो पोते उन्ने । कलेजबाट फर्किएपछि त्यही काम गर्थिन् उनी ।

त्यतिबेलाको समय सम्झिदै भनिन्, ‘बहिनी ६ कक्षामा पढ्थी, सानै भए पनि घरको काममा सहयोग गर्ने बहिनी भएकाले म रातिसम्म पोते उनेर बस्न पाउँथें ।’ त्यही कमाइबाट उनले दैनिकी चलाइ रहेकी थिइन् । 

भनिन्छ, ज्ञान, सीप जीवनको सबैभन्दा ठूलो साथी हो । उनी पढ्ने अनि पोते उन्ने काम गर्दै थिइन् । त्यसै क्रममा कान्तिपुर दैनिकमा डल बनाउने तालिमको विज्ञापन देखेर मैले बालाजुमा तालिम लिने अवसर पाएँ । उनी हाँस्दै भन्छिन्, ‘मलाई सीप सिक्न धेरै मन पर्छ त्यसैले सिकेँ, तर त्यही सीपले मेरो अवस्थामा परिवर्तन गराउला भन्ने सोंचेकी पनि थिइनँ ।’ तर, त्यतिबेला उनले सीप सिकिन मात्र प्रयोग गर्ने अवसर मिलेन ।

सबैजना जागिरकै पछि दौडिरहेको समयलाई उनले पनि लत्याउन सकिनन् र फलस्वरुप १२ कक्षाको पढाइ सकेर एउटा एनजीओमा काम गर्न थालिन् । जागिर सुरु भएपछि समयमा बाँधिदै गइन् र ज्ञानसीपलाई प्रयोग गर्न पाइनन् र उनको सीप उनीसँगै उनीभित्रै हराइरह्यो । 
फेरि जीवनचक्र हो, हामी सधैं एकै ठाउँमा एकैनासले एकै रूपमा रहन कहाँ सकिन्छ र त्यसमा पनि नारीको  जीवन ।

उनको जीवनचक्रमा नयाँ मोडहरू आउनु नै थियो, त्यस्तै भयो । उनको २०७१ सालमा २१ वर्षको उमेरमा उदयपुरका उदय राईसँग मागी विवाह भएको हो । विवाह भएकै वर्ष बच्चा जन्मियो । परिवारमा नयाँ सदस्यको खुसीसँगै बाध्यताहरू पनि आइलागे । बीकम सकिना साथ एनजीओको जागिर छाडेँ । पढाइ त्यतिमै सीमित रह्यो ।

भनिन्छ, ज्ञान, सीप जीवनको सबैभन्दा ठूलो साथी हो । उनी पढ्ने अनि पोते उन्ने काम गर्दै थिइन् । त्यसै क्रममा कान्तिपुर दैनिकमा डल बनाउने तालिमको विज्ञापन देखेर मैले बालाजुमा तालिम लिने अवसर पाएँ । उनी हाँस्दै भन्छिन्, ‘मलाई सीप सिक्न धेरै मन पर्छ त्यसैले सिकेँ, तर त्यही सीपले मेरो अवस्थामा परिवर्तन गराउला भन्ने सोंचेकी पनि थिइनँ ।’ तर, त्यतिबेला उनले सीप सिकिन मात्र प्रयोग गर्ने अवसर मिलेन ।

मागी विवाह भए पनि घरपरिवारबाट राम्रो व्यवहार भएन । तर, श्रीमानको साथ थियो निर्जरालाई । वैदेशिक रोजगारीमा विदेशमा रहेका उदयको स्वदेश फर्किंदा पनि खल्ती रित्तो नै थियो । निर्जरा भावुक हुँदै भन्छिन्, ‘गरिबीकैबीच बच्चा जन्मियो, सबै कुरा पैसा त रहेछ । पैसा नभएपछि सासू–ससुराले वास्ता गर्नु भएन ।’

उनका श्रीमान ठेक्काको काम गरेर दैनिक ५/६ सय कमाउँथे तर त्यसले काठमाडौंको महँगीमा तीन जनाको परिवार पाल्न धौ–धौ हुन्थ्यो । सुत्केरी अवस्थामा उदयले केही काम गर्न दिएनन् । जति दुःख भए पनि म एक्लै काम गर्छु भन्थे । तर, हातमा सीप भएकी निर्जरालाई बिना काम बस्न मन लागेन र श्रीमानलाई थाहै नदिई ५०० रुपैयाँको कपडा ल्याएर कोठामा रहँदाको समय डल (खेलौना) बनाएर बिताउन थालिन् ।

समयको रुप एउटै हुँदैन । उनको जीवनमा पनि समयले रूप फेर्न सुरु गर्यो । बिस्तारै उनले बनाएका खेलौना कोठाको वरपर बस्नेहरूबाट किन्न सुरु भयो । बजारमा बेच्न सक्ने अवस्था नभए पनि सामान्य घर खर्च चलाउन भने समस्या भएन । 

०७२ सालको विनाशकारी भूकम्पको कारण देखाउँदै घरबेटीले कोठा भाडामा नलाउने भन्दै कोठा खाली गर्न आग्रह गरे । त्यसपछि धेरै कमाउन नसके पनि कोठाभाडा त तिर्न सकिएला भनेर काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ को नारायणटारमा एउटा सटर भाडामा लिएर २०७३ सालबाट सुरु भयो निर्जराको ‘सेमिङ डल हाउस एण्ड ट्रेनिङ सेन्टर ।’ उनले आफ्नो छोराको नामबाट पसलको नाम राखेर व्यवसाय सुरु गरिन् ।

सटरको भाडा १० हजार तिर्नुपथ्र्यो । १ हजार ६ सयको प्लाइबाट दुईवटा र्याक बनाएर पसलको रूप दिएर व्यवसाय सुरु गरेकी उनलाई पहिले त बजारमा आफ्नो सामान बिक्री गर्न समस्या भयो । मेरो सामान किन्दिनुस् भन्दै बौद्ध, चाबहिल, जोरपाटीलगायत ठाउँमा हिँडिन् । कतिलाई त उधारो पनि दिएको बताउने राईको अझै पनि ७० हजारभन्दा बढी पैसा उठाउनै बाँकी छ । त्यमध्ये ३०/३५ हजार त उठ्ने आशा पनि छैन । सम्पर्कमा नै नरहेका व्यक्तिहरूबाट के आशा राख्नु भन्छिन् । 

उनी भन्छिन्, ‘मैले कक्षा १२ पढ्दा ५ हजार रुपैयाँ तिरेर यो सीप सिकेकी थिएँ । गर्भवती भएको बेला ५०० रुपैयाँको कपडा किनेको हो । त्यो बाहेक पैसा लगानी गरेको छैन ।’ आफूले मात्रै डल बनाइनन् उनले अरूलाई पनि सिकाउन थालिन् । सामान्यतयाः ३ महिनामा डलसँग सम्बन्धित सबै सामान बनाउन सकिने निर्जरा बताउँछिन् ।

तर, उनले सिक्न आउनेलाई भनेर निश्चित समय तोकेकी भने छैनन् । उनकोमा सिक्न आउनेलाई जति समय लगाएर पनि सिकाएर पठाउँछिन् । सुरुमा १ हजार ५ सय रुपैयाँ लिएर सिकाउन थालेकी राईले अहिले भने ४ हजार लिने गरेको बताउँछिन् । 

घरपरिवारको साथ नपाएर खानसमेत धौ–धौ भएको समयमा सुरु गरेको व्यवसायले अहिले उदयपुरमा दुई र इटहरीमा एक गरी जम्मा तीन ठाउँमा करिब ४० लाखको जग्गा जोडेको उनले बताइन् । अहिले दुवै जनासँग बाइक र स्कुटर छन् । काठमाडौं उपत्यकामा पनि जग्गा किन्ने सोंचमा छन् राई दम्पती । 

अरुले दिएको अर्डरअनुसार पनि सामान तयार गर्छिन् । सामान्यतयाः ४/५ फिटका डल बढि बिक्री हुने राईको अनुभव छ । अर्डरअनुसार जुनसुकै साइजमा बनाउन सकिने उनी बताउँछिन् । होलसेल पसलबाट आएको अर्डर समयमा दिन नसक्दा बजारमा आफ्नो विश्वास घट्ने डरले कति रात नसुतेरै काम गरेको अनुभव सुनाउँछिन् उनी ।

कहिलेकाहीँ एक रातमा २० देखि ३० हजार रुपैयाँसम्म पर्ने डलको खोल सिलाउँछिन् । काम धेरै भएको समयमा भने श्रीमानले खाना बनाउने र राति निन्द्रा नलागोस भनेर कफी बनाएर दिने गर्छन् । उनी हाँस्दै भन्छिन्, ‘श्रीमान÷श्रीमती मिलेर काम गरे जस्तोसुकै परिस्थितिमा पनि खुसी भएर अगाडि बढ्न सकिन्छ ।’ 

निर्जरासँग यसको अलावा सुइटर, मोजा, पन्जा, पोते उन्ने पनि सीप छ । तर, उनले डल बनाउने पेसा नै मुख्य बनाएकी छन् । उनले अहिलेसम्म २ हजार ५ सयभन्दा धेरैलाई तालिम पनि दिइसकेकी छन् । 

कोरोना भाइसर आउनुभन्दा पहिला ३५ देखि ४० जना सिक्न आउने गरेका थिए तर अहिले त्यो संख्या घटेर दैनिक ७/८ जनामा सीमित छ । लकडाउनको समयमा पनि उनले घरभित्रै बसेर आफ्नो डल बनाइ रहिन् । हातमा सीप भए भोकै मर्नुपर्दो रहेनछ उनले भनिन् । 

सधैं एक्लै काम गर्ने बानी परेकाले काम गर्नका लागि भने अर्को मान्छे नराखेको उनी बताउँछिन् । डल सिलाएअनुसार १० देखि ३ सय रुपैयाँसम्म दिने गरेकी छन् । फिटअनुसार पैसा दिने भएकाले कुन साइजको सिलाएर कति पैसा कमाउने भन्ने सम्बन्धित व्यक्तिमा भर पर्छ । उनको पसलमा ८० रुपैयाँदेखि ५ हजार ५ सयसम्मका डल बिक्रीमा छन् । थोक र खुद्राको मूल्यमा भने फरक पर्ने उनी बताउँछिन् । 

उनले अहिलेसम्म आफ्ना उत्पादन विदेश भने पठाएकी छैनन् । क्यापिटल नेपालसँग कुरा गर्दै उनले भनिन्, ‘लकडाउनको समयमा न्युयोर्कबाट एउटा संस्थाले १० हजार डलर (हालको करिब साढे ११ लाख नेपाली रुपैयाँ) बराबरको सामान बनाउन अर्डर आएको थियो । तर, मलाई पहिलोपटक विदेशमा त्यति धेरै मूल्यको सामान पठाउन मनले मानेन ।’ तर अब त्यसरी अर्डर आएमा राम्रोसँग बुझेर विदेश पनि निर्यात गर्ने योजनामा रहेको उनले बताइन् । यद्यपि विदेश जानेहरू स्वयम् उनको पसलमा आएर सामान लग्ने गरेको र सबैबाट राम्रो प्रतिक्रिया पाएको बताउँछिन् ।

अहिले उनको पसलमा उठेको पाण्डा, बसेको पाण्डा, कुकुर, डल्फिन, कुसन, पिकाचु, डोरेमनलगायत क्रिश्चियनहरूका लागि समेत आवश्यक पर्ने सामग्री बन्ने गरेका छन् । उनले बनाएका सामान वीरगंज, नेपालगंजजस्ता ठूला सहरलगायत देशका सबैजसो ठाउँमा बिक्री हुने गरेका छन् । डल बनाउनका लागि सिफर, मिनिफर, रोजरफरलगायत कपडा र फाइबरजस्ता कच्चा पदार्थको प्रयोग गर्ने गरेको बताउँछिन् उनी ।

घरपरिवारको साथ नपाएर खानसमेत धौ–धौ भएको समयमा सुरु गरेको व्यवसायले अहिले उदयपुरमा दुई र इटहरीमा एक गरी जम्मा तीन ठाउँमा करिब ४० लाखको जग्गा जोडेको उनले बताइन् । अहिले दुवै जनासँग बाइक र स्कुटर छन् । काठमाडौं उपत्यकामा पनि जग्गा किन्ने सोंचमा छन् राई दम्पती । 

परिवारसँगै बसेर मासिक २५ हजार जति बचत गर्न पाउँदा अहिले निर्जरालाई पढेर पनि जागिर खान नपाएकोमा पछुतो छैन । बरु कार्पेट कारखानामा काम गरिरहेका श्रीमानलाई पनि भविष्यमा आफ्नै व्यवसायमा पूर्णरूपमा संलग्न गराउने विचारमा छिन् निर्जरा । 
 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top