‘तीनवर्षभित्र याङ्ग्री र लार्केको पानी पनि वितरण गर्छौ’–प्रधानमन्त्री ओली

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २०, शुक्रबार,०५:५६:PM  
‘तीनवर्षभित्र याङ्ग्री र लार्केको पानी पनि वितरण गर्छौ’–प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्ष भित्र याङ्ग्री र लार्केको पानी पनि काठमाडौं उपत्यकाबासीलाई वितरण गर्ने बताएका छन । लामो समयपछि काठमाडौंमा मेलम्चीको पानी आएको उल्लेख गर्दै ओलीले अबको तीनवर्षमा दुवै खोलाको पानी मेलम्चीकै टनेलबाट ल्याउने घोषणा गरे ।

उनले सरकार नयाँ आयोजनाको तयारीमा रहेको बताए । ‘हाम्रो तदारुकताका हिसावले पनि लामो समय लिन सक्दैन। हामीले लामो समय प्रतिक्षा गर्न सक्दैनौं। ३ वर्षमा हामी यांग्री र लार्केको पानी झार्न सक्छौं।  विभाग र मन्त्रालयलाई पनि त्यसैगरी काम अघि बढाउन अनुरोध गर्दछु।’ उनले बताए ।

उनले यांग्री र लार्केको पानी ल्याउने आयोजनाका नाम भने मेलम्ची नराखेर फरक राख्ने बताए।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top