कैलाली अस्पताल र कुमारी बैंकबीच स्वास्थ्य सेवामा सहुलियतसम्बन्धी सम्झौता

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २४, मङ्गलबार,०४:४९:PM  
 कैलाली अस्पताल र कुमारी बैंकबीच स्वास्थ्य सेवामा सहुलियतसम्बन्धी सम्झौता

काठमाडौं । धनगढीस्थित कैलाली हस्पिटल र कुमारी बैंकबीच स्वास्थ्य सेवामा सहुलियत दिनेसम्बन्धी सम्झौता भएको छ। कुमारी बैंक सुदूरपश्चिम प्रदेशका प्रमुख दीपक खनाल र कैलाली अस्पतालका जनकराज जोसीले सो सम्झौतामा हस्ताक्षर गरे।

सो सम्झौता पत्रअनुसार कैलाली अस्पतालमा ओपिडी, बेड चार्जेज, एक्स–रे, एन्डोस्कोपीलगायत विभिन्न स्वास्थोपचार सेवा शुल्कमा सेवाग्राहीले डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउनेछन्।

यो बैंकको १ सय ९३ शाखा सञ्जाल, १ सय ६२ एटीएम, २५ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेनसन काउन्टर छ। साथै ग्राहकहरुले आफ्नो इ–सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित समयका लागि ५ सय रूपैयाँसम्मको  छुट पाउन सक्छन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top