सुन ५ सय र चाँदी १० रुपैयाँले बढ्यो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २५, बुधबार,११:१६:AM  
सुन ५ सय र चाँदी १० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार सुनको मूल्य ५ सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला ८७ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार ८८ हजार रुपैयाँ कायम भएको छ । 

यस्तै तेजावी सुनको मूल्य ८७ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँले वृद्धि भई १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top