काठमाडौं । नयाँ वर्ष अफरअन्तर्गत केन्ट आरओको कुनै पनि सामान खरिद गर्दा स्कुटर पाइने भएको छ । केन्टले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै ‘स्वछ पानी, सुन्दर जिन्दगानी साथमा थुप्रै उपहार पनि, यो नव वर्ष मनाऔं केन्ट आरओसँग सहर्ष,’ भन्ने नारासहित विभिन्न अफर ल्याएको हो ।
अफरअन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा ‘लक्की ड्र’ मा सामिल भई हरेक महिना एउटा एलजीको कन्भेक्सन माइक्रोवेभ ओभन, एउटा एलजीको रेफ्रिजरेटर, एउटा एलजीकै एलईडी टिभी र तीनवटा गोदरेज भाइरोशिल्ड पाइनेछ ।
साथै अन्तिमको बम्पर ‘लक्की ड्र’मा होन्डा डियो डीएलएक्स मोडलको स्कुटरसमेत पाइने केन्टले जनाएको छ । ०७७ चैत ८ गतेपछि केन्ट आरओका कुनै पनि सामान खरिद गरेका ग्राहक मासिक भाग्य शाली ड्र र बम्पर लक्की ड्रमा सहभागि हुन सक्नेछन् ।
‘लक्की ड्र’मा भाग लिनको लागि केन्ट आरओमा आफ्नो नाम, ठेगाना, खरिद गरेको मिति, उत्पादन मोडेल नाम र सीरियल नम्बर टाइप गरी ३७००१ मा एसएमएस पठाउनुपर्ने हुन्छ । साथै उक्त योजना नेपालभरी सिमित अवधिको लागि मात्र लागू हुनेछ ।
प्रत्येक वर्ष हजारौं नेपाली पानीजन्य रोगको कारण मर्ने गरेका छन् । पानी प्रशोधित गरेर खान सहज होस् भन्ने उद्देश्यका साथ केन्टले यो योजना ल्याएको हो ।