मङ्गलबार, जेठ ४ २०७८ ०९:३६ AM

×

मोटोरोलाको नयाँ स्मार्टफोन ‘मोटो इ७’ नेपाली बजारमा सार्वजनिक

images

काठमाडौं । मोटोरोलाले नयाँ फोन ‘मोटो इ७’ नेपाली बजारमा सार्वजनिक गरेको छ। यो फोनमा १३ एमपी डुअल क्यामरासहित ५ हजार एमएएच ब्याट्री पनि छ।

भारतमा बनेको यो स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सर जडान गरिएको छ। जसमा यूएसबी टाइप सी चार्जर उपलब्ध गराइएको छ। यस फोनमा ग्राहकले २ जीबी र्याम र ३२ जीबी स्टोरेज पाउँछन्।  यसमा ६.५ एचडी प्लस डिस्प्ले दिइएको छ।

कम्पनीका अनुसार यस फोनको मूल्य १२ हजार ९ सय ९९ तोकिएको छ। याे फोन दुइ रङमा पाइन्छ। मोटो इ७ दराज एपमा १८ अफ्रिलदेखि उपलब्ध गराइएको छ।

बिहीबार ९ बैशाख २०७८ ०३:०३ PM मा प्रकाशित

प्रतिक्रिया