काठमाडौं । लगानीकर्ताहरु जलविद्युत कम्पनीतिर आकर्षित भएका छन् । यसअघि बीमामा लगानी बढाएका लगानीकर्ताहरुले केही दिनयता जलविद्युत कम्पनीमा लगानी बढाएका हुन् । लगानीकर्ताहरु अहिले जलविद्युततिर मोडिएका छन ।
साताको अन्तिम दिन बिहीबार चिलिमे हाइड्रोपावर लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । चिलिमेको प्रतिकित्ता ५२४ रुपैयाँमा ७ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यसैगरी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको पनि सेयर मूल्य बढेर १७८ रुपैयाँ पुगेको छ । बिहीबार अरुण भ्यालीको ४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको २८१ मा ३ करोड ८० लाख, रसुवागढी हाइड्रोपावर कम्पनीको १९६ मा ३ करोड ५० लाख, युनिभर्सल पावर कम्पनी लिमिटेडको ११८ मा ३ करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै बुटवल पावर कम्पनी लिमिटेडको ४२० मा ३ करोड १५ लाख र सानिमामाई हाइड्रोपावर लिमिटेडको ३०२ मा ३ करोड १० लाख र अपी पावर कम्पनी लिमिटेडको १६७ मा २ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यसैगरी कालिका पावर कम्पनी, अरुण भ्याली, बरुण हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।
अधिकाँश साना कम्पनीहरुको सेयर मूल्य १०० रुपैयाँ भन्दा कम भएपछि लगानीकर्ताहरु वुकभ्यालु भन्दा कममा सेयर पाउने आशामा लगानी बढाएका छन । यस्तै जलविद्युत कम्पनीहरुले लाभांश पनि घोषणा नगरेका कारण पनि लगानीकर्ताले लाभांश पाउने आशामा पनि लगानी बढाएका हुन् ।