काठमाडौं । शेयर बजार यो साता १० दशमलव ९१ विन्दु तल झरेको छ । साताको पाँच कारोबार दिनमा तीन दिन बढेको बजारमा परिसूचक भने घटेको हो ।
साताको दोस्रो कारोबार दिन बजार ६ दशमलव १२ अंक र तेस्रो दिन मंगलवार २२ दशमलव ९१ अंकले बजार घटेको थियो । यो साताको कारोबारमा आइतवार ३ अंक, बुधवार ९ दशमलव ३७ र बिहीवार ५ दशमलव ७४ अंकले बजार बढेको छ ।
यो साता दुई दिन नाफा बुक गर्ने लगानीकर्ता हाबी भएकाले बजार प्रभावित भएको देखिन्छ । परिसूचकसँगै यो साता कारोबार रकम पनि घटेको छ । गत साता रू. १४ अर्ब २८ करोड ९७ लाख ९८ हजार बराबरको शेयर कारोबार भएको बजारमा यो साता रू. १२ अर्ब १५ करोड ४३ लाख ३७ हजारको शेयर कारोबार भएको हो । गत साताको तुलनामा यो साता कारोबार रकम रू. २ अर्ब १३ करोड ४४ लाख ६१ हजारले कम भएको हो ।
यो साता पाँच कार्यदिनमध्य मंगलवार सर्वाधिक रकमको शेयर कारोबार भएको छ । उक्त दिन रू. २ अर्ब ८१ करोड २८ लाख ५६ हजार बराबरको शेयर कारोबार भएको हो । मंगलवार बजार उच्च अंक २२ दशमलव ९१ ले घटेको थियो । घटेको बजारमा यो साता लगानीकर्ताहरुले रू. १० अर्ब ७० करोड ८० लाख गुमाएका छन् ।
सातामा उक्त रकम बराबर कुल बजार पूँजिकरण घटेको हो । गत साताको अन्तिम कारोबार दिन रू.२० खर्ब ९० अर्ब २० करोड ६० लाख रहेको कुल बजार पूँजिकरण रकम यो साताको अन्तिम कारोबार दिन रू. २० खर्ब ८० अर्ब १२ करोड ८० लाखमा झरेको हो ।
साताको कारोबारमा देखिएको परिवर्तनको अवस्था :

स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
सर्वाधिक रकमको कारोबार गर्ने १० ओटा कम्पनीहरु :

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
गत साता सर्वाधिक रकमको कारोबार गरेको नेपाल पुनर्बीमा कम्पनीलाई यो साता भने नेपाल बैंकले जितेको छ । यो साता सर्वाधिक रकमको कारोबार गर्ने पहिलोमा नेपाल बैंक र दोस्रोमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । नेपाल बैंकको यो साता रू.७२ करोड ८० लाख र नेपाल पुनर्बीमा कम्पनीको रू. ६१ करोड ७० लाख बराबरको शेयर कारोबार भएको हो ।
सर्वाधिक बजार पूँजिकरण भएका १० ओटा कम्पनीहरु :

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
यस साता पनि सर्वाधिक बजार पूँजीकरण हुने कम्पनीमा पहिलो स्थान नेपाल दुरसञ्चार कम्पनीलेनै लिएको छ ।
उक्त कम्पनीको शेयरको कुल मूल्य अर्थात कुल बजार पूँजिकरण रकम रू. १ खर्ब ६ अर्ब ५० करोड रहेको छ । कुल बजार पूँजिकरणको सबैभन्दा बढी हिस्सा यस कम्पनीले ओगटेको हो । शेयर बजारमा उक्त कम्पनीको १५ करोड कित्ता शेयर सूचीकृत रहेको छ ।
सर्वाधिक कुल बजार पूँजिकरणको दोस्रामा भने यो साता नबिल बैंकले नेपाल पुनर्बीमा कम्नपीलाई उछिनेको छ । गत साता सर्वाधिक बजार पूँजिकरणको दोस्रो स्थान ओगटेको नेपाल पुनर्बीमा कम्पनी यो साता तेस्रो स्थानमा रहेको छ ।
दोस्रो स्थानमा नबिल बैंकको कुल बजार पूँजिकरण रू. ८८ अर्ब २४ करोड ७० लाख रहेको छ भने नेपाल पुनर्बीमा कम्पनीको कुल बजार पूँजिकरण रू. ८६ अर्ब ४० करोडमा खुम्चिएको छ । गत साताको अन्तिम कारोबार दिनसम्म उक्त कम्पनीको कुल बजार पूँजिकरण रू. ८७ अर्ब ६० करोड रहेको थियो ।