काठमाडौं । भदौ मसान्तसम्ममा एनआईबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीनवटै योजनाको नाफामा वृद्धि भएको छ । एनआईबीएल समृद्धि फण्ड १, एनआईबीएल सहभागिता फण्ड र एनआईबीएल प्रगति फण्डको नाफमा वृद्धि भएको हो ।
भदौ मसान्तसम्ममा एनआईबीएल प्रगति फण्डले ९ करोड २० लाख रूपैयाँ नाफा कमाएको छ । यस योजनाको साउन मसान्तको तुलनामा नाफा ७ करोड २३ लाख रूपैयाँले वृद्धि भएको हो । साउन मसान्तमा योजनाले १ करोड ९६ लाख रूपैयाँ नाफा कमाएको थियो ।
त्यसैगरी एनआईबीएल सहभागिता फण्डले साउन मसान्तसम्ममा ६५ लाख ७७ हजार रूपैयाँ नाफा कमाएकोमा भदौ मसान्तमा वृद्धि भएर २ करोड ३ लाख रूपैयाँ पुगेको हो । एनआईबीएल समृद्धि फण्ड १ ले भदौ मसान्तसम्ममा ९ करोड ७३ लाख रूपैयाँ नाफा कमाएको छ ।
योजनाको नाफा साउन मसान्तको तुलनामा भदौ मसान्तमा ७ करोड ८१ लाख रूपैयाँले वृद्धि भएको हो । यी तीनवटै योजनाले लगानी गरेका कम्पनीको शेयर मूल्यमा वृद्धि भएसँगै नाफा बढ्न सहयोग पुगेको हो ।
एनआईबीएल समृद्धि फण्ड १ को प्रतिइका खुद सम्पत्तिको मूल्य साउन मसान्तको तुलनामा भदौ मसान्तमा कमि आएको छ । यस योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्य साउन मसान्तमा ११ दशमलव ८० रूपैयाँ रहेकोमा भदौ मसान्तमा ११ दशमलव ३८ रूपैयाँ कायम भएको हो । भदौ मसान्तसम्ममा यस योजनाले सूचीकृत तथा सूचीकृत नभएका शेयर डिबेञ्चर तथा मुद्धति निक्षेपभएको लगानीको परल मूल्य ८७ करोड ४६ लाख रूपैयाँ रहेकोमा यसको बजार मूल्य ९७ करोड १० लाख रूपैयाँ पुगेको हो ।
त्यसैगरी एनआइबिल सहभागिता फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य साउन मसान्तको तुलनामा भदौ मसान्तमा वृद्धि भएको छ । साउन मसान्तमा योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० दशमलव ५६ रूपैयाँ रहेकोमा भदौ मसान्तमा वृद्धि भएर ११ दशमलव २० रूपैयाँ पुगेको हो । यस योजनाले भदौ मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएका शेयर डिबेञ्चर तथा मुद्धति निक्षेपभएको लगानीको परल मूल्य १६ करोड १७ लाख रूपैयाँ रहेकोमा यसको बजार मूल्य १७ करोड ९३ लाख रूपैयाँ पुगेको छ ।
एनआईबीएल प्रगति फण्डको प्रतिइकाई खुद मूल्य भदौ मसान्तमा ११ दशमलव शून्य ९ रूपैयाँ पुगेको छ । यो मूल्य साउन मसान्तमा १० दशमलव १२ रूपैयाँ थियो । यस योजनको भदौ मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएका शेयर डिबेञ्चर तथा मुद्धति निक्षेपभएको लगानीको परल मूल्य ६७ करोड ६१ लाख रूपैयाँ रहेकोमा यसको बजार मूल्य र ६९ करोड २९ लाख रूपैयाँ पुगेको छ ।
यी तीनवटै योजनाको भदौ मसान्तसम्ममा लगानीको लागत मूल्यभन्दा बजार मूल्यमा वृद्धि भएको छ । सोही कारण तीनवटै योजनाको नाफामा वृद्धि भएको हो ।