काठमाडौं । सेयर मूल्यमा सुधार आएपछि यो साता बजार पुँजीकरण बढेको छ । बजार पुँजीकरण बढेर २० खर्ब ९३ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । गत साता बजार पुँजीकरण २० खर्ब ८० अर्ब १२ करोड रुपैयाँ थियो ।
एक सातामा लगानीकर्ताले १३ अर्ब रुपैयाँ कमाएका छन । फ्लोट बजार पुँजीकरण पनि बढेर ७ खर्ब ३७ अर्ब ३४ करोड रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।
यो पनि पढ्नुस
बजार पुँजीकरणमा नबिल बैंकले पछि पार्यो नेपाल रि–इन्स्योरेन्सलाई, कसको कति ?
बजार पुँजीकरणका आधारमा सबैभन्दा बढी नेपाल टेलिकमको छ । टेलिकमको बजार पुँजीकरण १ खर्ब ५ अर्ब १५ करोड, नबिल बैंकको ८७ करोड ४४ लाख र नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको ८६ अर्ब ३० करोड रुपैयाँ छ ।
यो साता १०० रुपैयाँभन्दा कम सेयर मूल्य भएका जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । यसबीचमा कम मूल्य भएका जलविद्युत् कम्पनीहरुको सेयर मूल्य बढेको छ । यो साता जलविद्युत कम्पनीहरुको सेयर मूल्य बढेको छ ।
कारोबार रकम यो साता ६ प्रतिशत घटेर ११ अर्ब ४१ करोड ९६ लाख रुपैयाँमा झरेको छ । गत साता १२ अर्ब १५ करोड रुपैयाँ थियो । आइतबार १ हजार ५६५ अंकमा रहेको बजार ६ अंकको झिनो सुधारले १ हजार ५७१ अंकमा पुगेको छ ।
यो साता सबैभन्दा बढी सोल्टी होटल्स लिमिटेडको कारोबार भएको छ । सोल्टीको ५० करोड २८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
विदेशी लगानीकर्ता हङकङको कम्पनी होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ८४ लाख २५ हजार ७०६ कित्ता संस्थागत सेयर प्रतिकित्ता ५६ रुपैयाँ ६ पैसाका दरले ४७ करोड २३ लाख ४५ हजार रुपैयाँमा बिक्री गरेर बाहिरिएको हो ।
